Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

योग : कसरी गर्ने ?

व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।

शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी यसकारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ ।

मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्छ ।

योगको नियम

योग गर्ने भन्दैमा जथाभावी गर्नु राम्रो हुँदैन । हरेक कुराको आफ्नै विधी, नियम र तौर तरिका हुन्छ । योग पनि सिलसिलाबद्ध ढंगले गर्नुपर्छ ।

१. कुनै गुरुको निर्देशन एवं परामर्शमा योग अभ्यास सुरु गरौं ।

२. सूर्योदय वा सूर्योअस्तको समयमा योग गर्नु ठीक हुन्छ ।

३. योग गर्नुअघि स्नान गर्नु सर्बोत्तम हुन्छ ।

४. योग खाली पेट गरौं । योग गर्नु २ घण्टाअघि केहि नखाने ।

५. योगका लागि आरमदायक सुती कपडा लगाउनु राम्रो हो ।

६. तन जस्तै मन पनि स्वच्छ हुनुपर्छ । योग गर्नुअघि नराम्रो बिचार त्याग्नुपर्छ ।

७. कुनै शान्त वातावरण र सफा स्थानमा योग गरौं ।

८. योग गरिरहँदा धैयता र दृढता आवश्यक हुन्छ ।

९. निरन्तर योग अभ्यास जारी राखौं ।

१०. योग गरिसकेको ३० मिनेटसम्म केहि नखाने ।

११. प्राणायाम जहिले पनि आसन अभ्यास पछि मात्र गर्ने ।

१२. यदि कुनै रोग छ भने चिकित्सको सल्लाह लिएर मात्र योग थाल्नुपर्छ ।

१३. योगअभ्यासको अन्त्यमा शवासन गर्नैपर्छ ।

योग कहिले सुरु गर्ने ?

योग गर्नका लागि सूर्योदयअघिको एक वा दुई घण्टा सबैभन्दा राम्रो हुन्छ । यदि बिहान सूर्योदयअघि योग गर्न सकिएन भने सूर्योस्तको समयमा पनि योग गर्न सकिन्छ ।

योग गर्नुअघि मनलाई शान्त राख्नुपर्छ । सम्पूर्ण ध्यान योगमा केन्द्रित गर्नुपर्छ ।

–     योगअभ्यास धैर्यतापूर्वक गर्नुपर्छ । यदि शरीर लचिलो छैन भने जबरजस्तै कुनैपनि आसन गर्नु हुँदैन । बरु, विस्तारै बिस्तारै अभ्यास गर्नुपर्छ ।

–     सुरुमा त्यही आसन गर्नुहोस्, जुन तपाई सजिलैसँग गर्नुहुन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP