Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै ज्यान गयो

चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका एकजना डाक्टरकै ज्यान गएको छ । सिन्ह्वा अस्पताल वुहानमा कार्यरत ६२ वर्षका डाक्टर लियाङ वुदोङको शनिबार बिहान ज्यान गएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

प्रकोपकै रुपमा कोरोना भाइरस फैलिएको चीनमा उपचारमा संलग्न डाक्टरकै ज्यान गएको यो पहिलो घटना भएको खबरमा उल्लेख छ । अहिलेसम्म २९ वटा प्रान्तका १ हजार २ सय ८७ जनामा कोरोना भाइरस भएको पुष्टि भएकोमा ७ सय २९ जना हुवेईका बासिन्दा रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

हुबेईमा अहिलेसम्म ३९ जनाको ज्यान गएको छ भने हेबेई र हेइलोङझियाङमा एक एक गरि ४१ जनाको ज्यान गैसकेको छ । शुक्रबारमात्रै हुबेइमा १ सय ८० जना कोरोना भाइरसका नयाँ विरामी थपिएका छन् ।

यस्तै ग्वान्झीमा दुई वर्षकी बालिकामा पनि कोरोनाको संक्रमण भएको पाइएको छ । अहिलेसम्म चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालसहित अमेरिका, हङकङ, मकाउ, ताइवान, फ्रान्स लगायत १२ देशमा भेटिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP