रसुवागढी नाका हुँदै कोरोना संक्रमित पर्यटक नेपाल आए चिनियाँ क्वारेन्टाइनले नाकाबाटै फिर्ता पठाउने

रसुवा – रसुवागढी नाकामा रहेको चिनियाँ क्वारेन्टाइन कार्यालयले कोरोना संक्रमण भएका पर्यटक आए त्यहीँबाट फिर्ता गरिदिने जानकारी दिएको छ ।

परीक्षणका लागि चीनतर्फ आवश्यक जनशक्ति तथा उपकरण रहेको र परीक्षणबाट संक्रमण भएको पुष्टि भएमा पर्यटकलाई त्यहीँबाट फर्काइने छ ।

संक्रमण नभएका चिनियाँ तथा विदेशी पर्यटकलाई मात्र नेपाल पठाउने चिनियाँ क्वारेन्टाइनले जानकारी दिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।

‘चीनबाट नेपाल आउन लागेका नेपालीलाई संक्रमण भएको भेटियो भने चिनियाँ टोलीलाई नेपाली स्वास्थ्य टोलीलाई जिम्मा दिने छ, उहाँले भन्नु्भयो, ‘चिनियाँ पर्यटकलाई उनीहरूकै अस्पताल पठाउने छ ।’

नाकामा सञ्चालनमा रहेको हेल्थ डेक्सबाट सेवा सुरु गराउनका लागि पुगेको नेपाली स्वास्थ्यकर्मीको टोलीसँग चिनियाँ क्वारेन्टाइनका अधिकारीहरूले शनिबार अनौपचारिक रूपमा छलफल गरेको थियो ।

सेवा सञ्चालनमा ल्याउनका लागि समन्वय तथा निरीक्षणका लागि स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको टोली शनिबार रसुवागढी नाका पुगेको थियो । मन्त्रालय तथा विभागबाट कुनै पनि निर्देशन नआएको भएपनि जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्तरबाटै सेवा सञ्चालनमा ल्याइएको छ ।

चीनमा पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोना भाइरस भित्रने जोखिम उच्च भएकाले नाकामा उच्च सतर्कता अपनाउन आवश्यक रहेको जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिटेन्डेन्ट अनिल कुमार खरेलले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले नाकाबाट पर्यटकको आवागमन बढ्दै गएको र कोरोना भाइरस भित्रने जोखिम बढेको कारण स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP