Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

रसुवागढी नाका हुँदै कोरोना संक्रमित पर्यटक नेपाल आए चिनियाँ क्वारेन्टाइनले नाकाबाटै फिर्ता पठाउने

रसुवा – रसुवागढी नाकामा रहेको चिनियाँ क्वारेन्टाइन कार्यालयले कोरोना संक्रमण भएका पर्यटक आए त्यहीँबाट फिर्ता गरिदिने जानकारी दिएको छ ।

परीक्षणका लागि चीनतर्फ आवश्यक जनशक्ति तथा उपकरण रहेको र परीक्षणबाट संक्रमण भएको पुष्टि भएमा पर्यटकलाई त्यहीँबाट फर्काइने छ ।

संक्रमण नभएका चिनियाँ तथा विदेशी पर्यटकलाई मात्र नेपाल पठाउने चिनियाँ क्वारेन्टाइनले जानकारी दिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।

‘चीनबाट नेपाल आउन लागेका नेपालीलाई संक्रमण भएको भेटियो भने चिनियाँ टोलीलाई नेपाली स्वास्थ्य टोलीलाई जिम्मा दिने छ, उहाँले भन्नु्भयो, ‘चिनियाँ पर्यटकलाई उनीहरूकै अस्पताल पठाउने छ ।’

नाकामा सञ्चालनमा रहेको हेल्थ डेक्सबाट सेवा सुरु गराउनका लागि पुगेको नेपाली स्वास्थ्यकर्मीको टोलीसँग चिनियाँ क्वारेन्टाइनका अधिकारीहरूले शनिबार अनौपचारिक रूपमा छलफल गरेको थियो ।

सेवा सञ्चालनमा ल्याउनका लागि समन्वय तथा निरीक्षणका लागि स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको टोली शनिबार रसुवागढी नाका पुगेको थियो । मन्त्रालय तथा विभागबाट कुनै पनि निर्देशन नआएको भएपनि जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्तरबाटै सेवा सञ्चालनमा ल्याइएको छ ।

चीनमा पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोना भाइरस भित्रने जोखिम उच्च भएकाले नाकामा उच्च सतर्कता अपनाउन आवश्यक रहेको जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिटेन्डेन्ट अनिल कुमार खरेलले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले नाकाबाट पर्यटकको आवागमन बढ्दै गएको र कोरोना भाइरस भित्रने जोखिम बढेको कारण स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP