सर्लाहीका उखु किसानद्वारा अन्नपूर्ण सुगर मिलअगाडि टायर बालेर प्रदर्शन

सर्लाही – गएकाे पुस १८ गते आफूहरुसँग सरकारले गरेको सहमति अनुसार भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसानले शनिबार धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका छन् ।

अन्नपूर्ण सुगर मिलले किसानलाई तीन वर्षदेखिको करिब ४० करोड भुक्तानी गर्न बाँकी रहेको छ । सरकारसँग गरेकाे पूर्व सहमति अनुसार माघ ७ गतेभित्र सबै किसानलाई मिलले भुक्तानी नदिएकाले आफूहरु बाध्य भएर अन्दोलन गर्नुपरेको उखु किसान रामविश्वास रायले बताउनुभयो।

किसानहरुले पुरानो बाँकी रकम नपाएसम्म उद्याेगको मूल गेटमा धर्ना जारी राख्ने जनाएका छन् । त्यस्तै अहिले सर्लाहीको हरिवनमा नेपाल उखु उत्पादक महासंघको बैठक बसेकाे छ।

सरकारले उखु किसानसँग गरेको सहमति कार्यान्वयन नगरेकाले आगामी रणनीति तयार गर्न बैठक बसेको अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP