Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

अब एक घण्टाकाे बाटाे दुई मिनेटमै !

कञ्चनपुर – भीमदत्त नगरपालिका १३ काे भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कल्भर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ ।

वडा कार्यालयले सात लाख रुपैयाँ खर्चेर कल्भर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो । ‘नालामा कल्भर्ट निर्माण नहुँदा एम्बुलेन्स, दमकललगायत साधन बस्तीसम्म पुर्‍याउन सम्भव थिएन’, वडाध्यक्ष लालबहादुर शाहीले भन्नुभयो, ‘कल्भर्ट बनेपछि सवारीसाधन सहजरुपमा बस्तीमा पुग्न थालेका छन् ।’

‘नालामा कल्भर्ट नहुँदा तीन किलोमिटरको घुमाउरो बाटो भएर जान एक घण्टा लाग्थ्यो’, स्थानीयवासी रमेश पन्तले भन्नुभयो, ‘अब त्यो बाटो दुई मिनेटमै पूरा गर्न सकिने भएको छ, नालामा कल्भर्ट निर्माण पूरा नहुँदा बस्तीका कोही बिरामी परेमा नालाको कम्मरसम्मको पानी तरेर पार गर्नु पर्दथ्यो ।’

नालामा कल्भर्टसँगै तटबन्धसमेत निर्माण गरिएकाले नालाको नजिकैको बस्तीमा वर्षा भएकाे पानीसमेत छिर्दैन । नालाको पानी स्थानीय बासिन्दाको खेतमा छिर्दा बालुवाले पुर्ने समस्या थियो ।

नालामा कलभर्ट निर्माणको कार्य १३ वर्षअघि सुरु गरिएको थियो । धेरै पटक नगरपालिकादेखि विभिन्न निकायमा कल्भर्ट निर्माण पूरा गरिदिन गाउँका बासिन्दा पुगे पनि बन्न सकेको थिएन ।

कलभर्ट निर्माण नहुँदा २५ हजार रुपैयाँ प्रतिकट्ठा जग्गामा बिक्री नहुने गरेको जग्गाको भाउसमेत बढेको छ । प्रतिकट्ठा जग्गाको मूल्य अहिले सात लाख रुपैयाँभन्दा बढी पुगेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP