Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

अब एक घण्टाकाे बाटाे दुई मिनेटमै !

कञ्चनपुर – भीमदत्त नगरपालिका १३ काे भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कल्भर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ ।

वडा कार्यालयले सात लाख रुपैयाँ खर्चेर कल्भर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो । ‘नालामा कल्भर्ट निर्माण नहुँदा एम्बुलेन्स, दमकललगायत साधन बस्तीसम्म पुर्‍याउन सम्भव थिएन’, वडाध्यक्ष लालबहादुर शाहीले भन्नुभयो, ‘कल्भर्ट बनेपछि सवारीसाधन सहजरुपमा बस्तीमा पुग्न थालेका छन् ।’

‘नालामा कल्भर्ट नहुँदा तीन किलोमिटरको घुमाउरो बाटो भएर जान एक घण्टा लाग्थ्यो’, स्थानीयवासी रमेश पन्तले भन्नुभयो, ‘अब त्यो बाटो दुई मिनेटमै पूरा गर्न सकिने भएको छ, नालामा कल्भर्ट निर्माण पूरा नहुँदा बस्तीका कोही बिरामी परेमा नालाको कम्मरसम्मको पानी तरेर पार गर्नु पर्दथ्यो ।’

नालामा कल्भर्टसँगै तटबन्धसमेत निर्माण गरिएकाले नालाको नजिकैको बस्तीमा वर्षा भएकाे पानीसमेत छिर्दैन । नालाको पानी स्थानीय बासिन्दाको खेतमा छिर्दा बालुवाले पुर्ने समस्या थियो ।

नालामा कलभर्ट निर्माणको कार्य १३ वर्षअघि सुरु गरिएको थियो । धेरै पटक नगरपालिकादेखि विभिन्न निकायमा कल्भर्ट निर्माण पूरा गरिदिन गाउँका बासिन्दा पुगे पनि बन्न सकेको थिएन ।

कलभर्ट निर्माण नहुँदा २५ हजार रुपैयाँ प्रतिकट्ठा जग्गामा बिक्री नहुने गरेको जग्गाको भाउसमेत बढेको छ । प्रतिकट्ठा जग्गाको मूल्य अहिले सात लाख रुपैयाँभन्दा बढी पुगेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP