Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

हुनेवाला बेहुलीलाई ४ दिनअघि टिप्परले कि’चेपछि प्रेमीले लेखे– नभुलेस् बूढी, म नि छिट्टै आउँछु !

तडी १० माघ- अहिले सामाजिक संजालमा निकै चर्चा रहेकाे घ’टना हाे याे तडीको दशरथचन्द नगरपालिका– १ गुरूखोला स्थायी घर भई कञ्चनपुरको महेन्द्रनगर बस्दै आएकी रमिता भट्टको यही माघ १३ गते बैतडीकै प्रकाश टेरसँग विवाह हुँदै थियो । प्रकाश नेपाली सेनामा का’र्यरत छन्, रमिता महेन्द्रनगरस्थित डेरामा बसेकी थिइन् ।

ब्राह्मण परिवारकी छोरी रमितालाई क्षेत्री परिवारका प्रकाशले एक वर्षअघि नै भगाएका थिए, यद्यपि उनीहरूको विवाह भने भएको थिएन । विहेका लागि यही माघ १३ गतेको साइत जुरेको थियो ।

आफ्ना साथीभाइलाई कार्ड बाँ’ड्नका लागि बजारमा साइकलमा हिँडिरहेका बेला बिहीवार महेन्द्रनगर बजारमा टिप्परले ठ’क्कर दियो । रमिताको घ’टनास्थलमै मृ’त्यु भयो ।

आफ्नो जिन्दगीको नयाँ अध्याय शुरू गर्न नपाउँदै रमिताले संसार छाडिन् । आफैंले बाँडेका कार्डका निम्तालुलाई विवाह समारोहमा सहभागी हुने अवसर दिन पनि पाइनन् । रमिताले छा’डेर गएपछि प्रकाश भावविह्वल छन् । उनले फेसबूकमा मर्मस्पर्शी स्टाटस लेखेका छन् ।

बिहेका लागि रातो साडी खरिद गरिसकेको भन्दै उनलले बिहेको साडी र सिउँदोमा सिन्दुर सजिएको हेर्ने सपना रहेको उल्लेख गरेका छन् । प्रकाशले आफू पनि छिट्टै आउने भन्दै पर्खिन आग्रह गरेका छन् ।

के लेखे प्रकाशले ?

तेरो लागि रातो साडी ल्याइदिएको छु नि बूढी ! पर्सि हाम्रो बिहे हो, कहाँ गा’छस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ स’ब छा’डेर मेरो साथ दिइस्, तर मलाई बीच मै छो’डेर किन गइस् भन् त ।

एक्लै यत्रो लामो बाटो कसरी हिँडु म ह’म् ? कति सपनाहरू थिए, तैँले किन धो’का दिइस् । मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर ? तँ अगाडि किन गइस् मलाई छाडेर ?

म एक्लै के गरौं, कहाँ जाऊँ भन् त ? आइज न बिहे गरौंला नि ! यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँ सँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफैँ आउँछु ।

हेर्नुहोस्:

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP