माेरङ – भारतको जोगवनीबाट ल्याउँदै गरेको लागुऔषधसहित एक जना प्रहरी जवान विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले धनकुटाको पाख्रिबास – १४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरीलाई पक्राउ गरेको हो ।
पैदल हिँडिरहेकाे अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेक गर्ने क्रममा उनले लगाएको ज्याकेटको गोजीबाट एक सय ४४ ट्याब्लेट स्पास्मो प्रोक्सिभन नामक लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताउनुभयाे ।
कारागार सुरक्षा गार्ड झापामा दरबन्दी भएका प्रहरी जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया