Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६ पुग्याे

काठमाण्डौ – कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ पुगेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

चार हजारभन्दा बढी यो भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि केही वुहान शहरलगायत अन्य केही शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

सिङ्गापुर र जर्मनीमा पनि यो भाइरसको घटना सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमा सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ ।

चिनियाँ नयाँ वर्ष ‘लुनार’ को समयमा कोरोना भाइरसले प्रकोपको रुप लिएको हो । यो पर्वका अवसरमा लाखौँ चिनियाँहरु आफन्त र साथीहरुलाई भेट्न जाने गर्दछन् ।

भाइरस फैलिएपछि त्यसको प्रसारमा रोक लगाउन नयाँ वर्षको बिदा गएको आइतबार तीन दिन पर सारिएको छ ।

चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश यात्रा नगर्नका लागि सचेत गराएको छ । अमेरिकी सरकारले पनि आफ्ना नागरिकहरुलाई चीन यात्रा नगर्न भनेको छ ।

वुहान शहरमा यात्रामा प्रतिबन्ध लगाइएपछि सुनसान जस्तै भएको छ । खाली सडक, सुनसान खेल मैदान, खाली सपिङ मल र कहिलेकाहीँ एम्बुलेन्स दौडिएको देख्न सकिन्छ ।

चीन सरकारले शङ्घाईमा आउँदो १० फेब्रुअरीसम्म कार्यालय सञ्चालनमा प्रतिबन्ध लगाएको छ । चिकित्सा र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा यो प्रतिबन्ध लागू हुनेछ ।

चीनबाहेक यसअघि अमेरिका, थाइल्याण्ड, फ्रान्स र कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको छ । कोरोना भाइरसका कारण चीनबाहिर कसैले पनि ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP