Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

वीरेन्द्रनगरमा गोली चल्यो : बुधबार बिहानसम्म कर्फ्यु

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा टिप्परकाे ठक्करबाट एक जनाको ज्यान गएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ ।

प्रदर्शनमा गोली लागेर  करिब ५ जना प्रदर्शनकारी र २२ जना प्रहरी घाइते भएका जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयाे । घाइतेहरुकाे स्थानीय सुर्खेत हस्पिटल र प्रदेश अस्पतालमा उपचार भइरहेको स्थानीय जानकारी दिएका छन् ।  तर, प्रहरीले गोली चलाएकाे तथ्य भने अस्वीकार गरेको छ ।

भिडले उग्र रुप लिएपछि नियन्त्रण गर्न आफूहरुले अश्रु ग्याँस र हवाई फायर मात्र गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिल्लीराज पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, ‘हामीले त्यसरी गोली हानेका छैनौँ । भिड ठूलो भएकाले घुसपैठ भएकाे हुनसक्छ । अज्ञात समूहले गोली चलाएको हुन सक्छ । त्यसैले हामीले कर्फ्यु लगाएका हौँ ।’

जिल्ला प्रशासन कार्यालयमा साँझ साढे ६ बजेदेखि भोलिबिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएको छ । आक्रोशित  भएका आफन्तहरुले वीरेन्द्रनगर बजार बन्द गर्नुका साथै टायर बालेर प्रर्दशन गरेका छन्। उनीहरुले वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका सार्वजनिक स्थलहरुमा तोडफोड समेत गरेका छन् ।

बिहान वीरेन्द्रनगरको जुुम्ला रोडमा टिप्परकाे ठक्करबाट कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको ज्यान गएको थियो । मृतक सिंह चढेकाे भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरकाे टिप्परले ठक्कर दिएको थियो ।

टिप्पर चालकलाई कडा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरिरहेका पीडित पक्ष र प्रशासनबीच केहीबेर अघिकाे छलफलमा तीन बुँदे सहमति भएकाे छ ।

टिप्पर चालकलाई हदैसम्मकाे कारबाही हुनुपर्ने, क्षतिपूर्ति दिइनुपर्ने र शवकाे पाेस्टमार्टम गर्ने सहमति भएकाे हाे ।

शवकाे पाेस्टमार्टम बाहेका अन्य दुई बुँदामा पीडितहरुले चित्त बुझाएका छैनन् । प्रदर्शनका क्रममा बजारका शिशा तथा सीसी क्यामेराहरु फुटाइएका छन् भने क्षतिकाे यकिन विवरण भने आइसकेकाे छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP