Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

सामान्य बन्दै वीरेन्द्रनगर बजार

सुर्खेत – मङ्गलबार टिप्परको ठक्करबाट कालिकोट महाबै गाउँपालिकाका केशर सिंहको ज्यान गएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर बजार सामान्य बन्दै गएको छ ।

प्रमुुख जिल्ला अधिकारी बसन्त अधिकारीले बिहानदेखि वीरेन्द्रनगर बजार सहज बन्दै गएको बताउँदै पीडित पक्षसँग वार्ता भैरहेको बताउनुु भयो । उहाँले बुधबार मृतकका बुवा सुर्खेत आउने र शवको पोेष्टमार्टमको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

पीडित पक्षले बुधबार नै जाहेरी दिने पनि उहाँले बताउनु भयो । टिप्पर चालकलाई कडा कारबाही गरिनुुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने पीडितको माग छ । टिप्परकाे ठक्करबाट एक जनाकाे ज्यान गएपछि मङ्गलबार दिनभर बजार बन्द भएको थियो । प्रदर्शनले उग्र रुप लिएपछि प्रशासनले मङ्गलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएको थियो ।

आन्दोलनका क्रममा वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका सार्वजनिक ठाउँहरुमा तोडफोड समेत भएको छ । आन्दोलनका क्रममा गोली लागेर पाँच जना घाइते भएका छन् भने आन्दोलनकारीले ढुङ्गामुढा गर्दा २२ जना प्रहरी पनि घाइते भएका छन् ।

मृत्तकका आफन्त तथा महाबै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले आफूहरुले राखेका माग पूरा नभए फेरि शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुु भयो । उहाँले चालकलाई हदैसम्म कारबाही गरिनुपर्ने, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिनुपर्ने र बजार क्षेत्रमा मालवाहक गाडी चल्न दिन नहुुने माग राखिएको बताउनु भयो ।
उहाँले मङ्गलबार भएको आन्दोनलमा चलखेल भएको भन्दैै अब माग पूरा गराउन शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुु भयो । उहाँले अबको आन्दोलन शान्तिपूर्ण हुुने भएकाले बजार खोल्न पनि आग्रह गर्नुुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP