Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

गाँजा तस्करलाई समाउन प्रहरीले गाेली चलायाे, ३२ किलाे गाँजा बरामद

हेटाैँडा – मकवानपुर प्रहरीले गोली प्रहार गरी मङ्गलबार राति गाँजा तस्करलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मुजफ्फरका ३५ वर्षीय कार चालक संजित पासवान, कारमा सवार ३५ वर्षीय अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुन रहेकाे प्रहरीले जनाएकाे छ ।

हेटौँडा उपमहानगपालिका ११ थानाभर्‍याङमा प्रहरीले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बीआर ०६ जे ४४५८ नम्बरको कार जाँच गर्न खोजेको थियो । तर कार नरोकि भैरवडाडातर्फ भाग्न खोजेपछि वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ईश्वरीप्रसाद भण्डारीले पेस्तोलबाट एक राउण्ड गाेली हवाई फायर गर्नुभएकाे थियाे ।

हवाई फायरबाट पनि कार नरोकिएपछि टायरमा एक राउण्ड गोली प्रहार गरेपछि कार रोकिएको थियो । कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाइ १६ वटा पोकामा लुकाइ राखेको ३२ किलो गाँजा बरामद गरिएकाे मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए ।

त्याे कार मनहरी चेक पोस्ट, नेवारपानी चेक पाेस्ट र लेवट चेक पोस्टमा रोक्न खोज्दा नरोकि भागेको थियो ।

गाँजा तस्करलाई नियन्त्रणमा लिएर ल्याउने क्रममा बसको ठक्करबाट प्रहरी र गाँजा तस्करीमा संलग्न खातुन घाइते भएकी छिन् । उनको चुरेहिल हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP