Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

गाँजा तस्करलाई समाउन प्रहरीले गाेली चलायाे, ३२ किलाे गाँजा बरामद

हेटाैँडा – मकवानपुर प्रहरीले गोली प्रहार गरी मङ्गलबार राति गाँजा तस्करलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मुजफ्फरका ३५ वर्षीय कार चालक संजित पासवान, कारमा सवार ३५ वर्षीय अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुन रहेकाे प्रहरीले जनाएकाे छ ।

हेटौँडा उपमहानगपालिका ११ थानाभर्‍याङमा प्रहरीले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बीआर ०६ जे ४४५८ नम्बरको कार जाँच गर्न खोजेको थियो । तर कार नरोकि भैरवडाडातर्फ भाग्न खोजेपछि वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ईश्वरीप्रसाद भण्डारीले पेस्तोलबाट एक राउण्ड गाेली हवाई फायर गर्नुभएकाे थियाे ।

हवाई फायरबाट पनि कार नरोकिएपछि टायरमा एक राउण्ड गोली प्रहार गरेपछि कार रोकिएको थियो । कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाइ १६ वटा पोकामा लुकाइ राखेको ३२ किलो गाँजा बरामद गरिएकाे मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए ।

त्याे कार मनहरी चेक पोस्ट, नेवारपानी चेक पाेस्ट र लेवट चेक पोस्टमा रोक्न खोज्दा नरोकि भागेको थियो ।

गाँजा तस्करलाई नियन्त्रणमा लिएर ल्याउने क्रममा बसको ठक्करबाट प्रहरी र गाँजा तस्करीमा संलग्न खातुन घाइते भएकी छिन् । उनको चुरेहिल हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP