Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

चीन बाहिर नयाँ काेराेना भाइरस फेरि उत्पादन गर्ने अस्ट्रेलिया पहिलाे देश

काठमाण्डाै – अस्ट्रेलियाका वैज्ञानिकहरुले नयाँ कोरोना भाइरस उत्पान गरेका छन् । चीनमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको उपचारमा सहयोग गर्ने उद्देश्यले नयाँ कोरोना भाइरस बनाएकाे वैज्ञानिकहरुले जनाएका छन् ।

वैज्ञानिकहरुले मेलबर्नमा कोरोना सङ्क्रमित व्यक्तिको शरीरमा नयाँ कोरोना भाइरस बनाएकाे सञ्चारमाध्यमले बताएका छन् । यसअघि चीनका वैज्ञानिकले पनि नयाँ भाइरस बनाएका थिए । तर चीनले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई भाइरस नै उपलब्ध नगराएर भाइरसको जेनोमी सिक्वेन्स मात्रै दिएको थियो ।

चीन बाहिर कोरोना भाइरस उत्पादन गर्ने अस्ट्रेलिया पहिलो देश पनि बनेको छ । अस्ट्रेलियाले याे खाेजबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराउने तयारी गरेको छ । यो भाइरसको सहयोगले काेरोना भाइरसबाट संक्रमितलाई उपचार गर्न सहयोग पुग्ने वैज्ञानिकहरुले विश्वास लिएका छन् ।

कुनै पनि रोगको उपचारका लागि वैज्ञानिकहरुले त्यही रोगको भाइरस उत्पादन गरी औषधि तथा उपचारको विधि तयार गर्ने गर्छन् ।

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म एक सय ३२ जनाकाे ज्यान गैसकेको छ भने झण्डै ६ हजार भन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भैसेको छ । चीन बाहिर पनि विभिन्न १६ वटा देशमा गरी कम्तीमा ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

यसबैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन ‘दुष्ट भाइरस’ सँग लडिरहेको भन्दै लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोमसँगकाे भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभाइरस सङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको जानकारी गराएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP