Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

शिवगढीले मनायो रजत महोत्सव ।।

दिपक के.सी. ,कपिल वस्तु माघ १६,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ शिवपुरमा रहेको शिवगढी इगंलिस स्कूलले विहिबार रजत महोत्सव विविध कार्यक्रम गरी मनाएको छ । नगर कै उत्कृष्ट स्कूलको रुपमा परिचित शिवगढीले स्थापनाको २५ औं बर्षगाठ लगातार ३ दिन सम्म विभिन्न कार्यक्रम गरी मनाएको हो । २०५१ सालमा स्थानिय केहि शिक्षा प्रेमीहरुले निजी स्तरमा संचालनमा ल्याएको स्कूल २५ बर्ष पार गर्दै गर्दा अभिभावकको रोजाइ बन्न सफल भएकोमा सम्पूर्ण विद्यालय व्यवस्थापन समितिलाई प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले बधाई तथा धन्यवाद दिनु भयो ।अढाई दशक लामो समय देखि गुणात्मक शिक्षाको विकास र विस्तारका लागी निरन्तर क्रियाशिल विद्यालयले दक्ष एवं राष्ट्र प्रति सर्मपित मानव संसाधनको उतपादनमा सफलता प्राप्त गर्दै विद्यार्थीहरुको चेतना सभ्यता,ससंस्कारको विकास एवं विस्तार बाट समाज परिर्वतनमा अझ महत्वपूर्ण भूमिका निभाउनु पर्ने के.सी.ले बताउनु भयो । यस क्षेत्रमा शिक्षाको उज्यालो छर्न सफल रहेको स्कूलले रजत महोत्सव मनाउदै गर्दा अझ गुणस्तरीय शिक्षामा जोड दिदै जानु पर्ने शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउन भयो । “शिवगढी यस क्षेत्र कै गुणस्तरीय शिक्षा दिन सफल सर्वश्रेष्ठ विद्यालय हो ।” अधिकारीले भन्नु भयो । रजत महोत्सवको अवसरमा स्कूलले माघ १४ गते रक्तदान १५ हाजिरी जवाफ प्रतियोगिता र १६ गते अभिभावक दिवस ,सरस्वती पुजा गर्दै मनाएको विद्यालयका प्रिन्सीपल तोयनाथ गैरेले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गदै शिक्षालाई अझ गणस्तरीय बनाउन विद्यालय परिवार सदैव लागी रहने उहाँले बताउनु भयो । शिक्षक हेमराज शर्माले संचालन गर्नु भएको कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने शिक्षकहरुलाई सम्मान प्रदान गरिएको थियो । रजत महोत्सवको अवसरमा शिवगढी इगंलिस स्कूलले प्रथम स्मारीका समेत प्रकाशित गरेको छ । स्मारीकाको प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी., नगर प्रमुख नेत्रराज अधिकारी लगायतले विमोचन गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP