अर्जुन बेल्बासे माघ १६
शितगंगा उद्योग बाणिज्य संघको आयोजनामा फाल्गुन १ गते बाट हुन लागेको प्रथम शितगंगा कृषि पर्यटन तथा उद्यौगिक ब्यापार महोत्सवको मुल आयोजक समिति गठन भएको छ ।
शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीको संयोजकत्वमा २९ सदस्यिय मुल आयोजक समिति गठन भएको हो । यस्तै महोत्सव भब्य रुपमा सम्पन्न गर्न बिभिन्न ११ उप समिति समेत गठन भएको छ । महोत्सवमा १०० बढी स्टलहरु रहने मेला संयोजक चिन्ताराज अधिकारीले जानकारी दिनु भयो ।
महोत्सवमा स्थानिय कृषि उत्पादन हस्तकला लगायत बिभिन्न स्टलहरु रहने जानकारी दिनु भयो । महोत्सवमा बिभिन्न बाल उद्यानका सामाग्री समेत रहने छन । यस्तै प्रथम शितगंगा डान्स आइडलको फारम समेत भर्न सुरु गरि सकेकोले इच्छुकलाई सहभागि हुन समेत अधिकारीले अनुरोध गर्नु भयो ।
साथै स्टल बुकिंङ समेत सुरु भएकोले बेलैमा स्टल बुक गर्न अनुरोध गर्नु भयो स्थानिय ब्यापारी हरुको लागि स्टलमा समेत २५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ भने घरेलु उत्पादनका सामाग्रीका स्टलमा समेत छुटको ब्यवस्था रहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया