Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

राैतहटमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा एक जना पक्राउ

रौतहट – राैतहटमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति १० बजे गौर नगरपालिका-१ की चार वर्षीया बालिकालाई चकलेट दिएर ललाइ फकाइ बारीमा लगेर बलात्कार गरेको आरोपमा ५४ वर्षीय  छिमेकी रामकिशोर मिश्रलाई जिल्ला प्रहरी कार्यालय गौरकाे प्रहरी टोलीले शुक्रबार पक्राउ गरेकाे हाे ।

बालिकाको गुप्ताङ्गबाट रक्तश्राव भइरहेको देखेर ठूली आमाले सोधपुछ गर्दा मिश्रकाे हर्कत थाहा भएकाे थियाे ।

धनुषा जिल्ला घर भएर हाल गौर नगरपालिका-१ मा साइकल मर्मतको पसल चलाउँदै आएका मिश्रलाई पक्राउ गरिएको जानकारी दिँदै रौतहट प्रहरीका प्रवक्ता एवं डीएसपी नविन कार्कीले पीडित बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गराइएको बताउनुभयाे ।

भारतकाे विहार सितामढी जिल्ला वैरगनिया सेखौना बस्ने पीडितकी आमा जिल्ला अस्पताल गौरमा परिवार नियोजनको शल्यक्रिया गराउने क्रममा बालिकालाई गौरमा रहेकाे ठूली आमाको घरमा राखेकाे बेला घटना भएकाे डीएसपी कार्कीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP