Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

चन्द्रौटामा ३ महिने निशुल्क कम्प्युटर हार्डवेयर तालिम

अर्जुन बेल्बासे ,चन्द्रौटा ।

राष्ट्रिय मा वि चन्द्रौटाको आयोजनामा एक कार्यक्रमका विच तिन महिने निशुल्क जुनियर कम्प्युटर हार्डवयर टेक्निसियन तालिमको उद्घाटन भएको छ। राष्ट्रिय मावि को आयोजना ,शिवराज नगरपालीकाको समन्वंय, सि.टि.ई.भि.टि( CTEVT)प्रदेश न ५को सहयोगमा सुरु भएको तालिमको आज शुक्रवार तालिमको उद्घाटन भएको हो ।तालिम कक्षा सुरु सोमवार देखि भए पनि आज तालिमको उद्घाटन गरी तालिमको विधिगत रुपमा सुरु गरेका हो ।

तालिमको उद्घाटनमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले तालिम, तालिममा मात्रै सिमित नगरी त्यसलाई व्यवाहारिक रुपमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे गरे । उद्घाटन समारोहमा वोल्दै आजको कार्यक्रमको प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सांसद अर्जुन कुमार के.सि ले आजको युग भनेको विज्ञान र प्रविधिको युग हो त्यसैले कम्प्युटर शिक्षा अपरिहार्य भएको बताए ।

विगतको तुलनामा टेक्नोलोजीले ठुलो फड्को मारेको भन्दै कम्प्युटरमा पछि पर्ने मान्छेले प्रगती गर्न नसक्ने सासंद के सी.ले बताए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य के.सी.ले तिन महिना सम्म सिकेको तालिम कक्षा कोठा मात्रै सिमित नरहेर दक्ष बनाई सिकाउने टिकाउने र बजारमा विकाउने अभियानले लाग्नु पर्ने वताए । त्यस्तै कार्यक्रमा बोल्दै समाज सेवी हुमकान्त खनालले आजको आवश्यकता प्राविधीक शिक्षा रहेकोले शिक्षा कम्प्युटर अनिवार्य रहेको बताए । मानिस ज्ञान संगै कम्प्युटर सम्बन्धि ज्ञान भए सकेर पोक्त भयो भनेस जागिर नपाएर भौतारीन नपर्ने बताए बेरोजगार हुनु नपर्ने बताए ।

व्यावसायिक सिप विकास तालिम ले संसार चलाउने प्रविधि कम्प्युटर र कम्प्युटर चलाउने क्षमता आजको युग प्रविधिको युग भएकाले सबैको पहुँच पुग्ने गरी यो तालिम आयोजना गरेको विध्यालयका व्यवस्थापन समितिका अध्यक्ष उमेश चौधरी थारुले जानकारी दिए। अध्यक्ष थारुले बोल्दै तालिम लिन सहभागि जनाएका सम्पुर्णलाइ तालिममा निरन्तर सहभागि जनाउन र विचैमा कक्षा नछोड्न समेत आग्रह गरे ।

विशेष गरी तालीममा महिला आदिवासी जनजाति तथा निम्न वर्गका युवाहरुलाई लक्षित गरी तालिम मा सहभागि गराइएको प्रध्यानाध्यापक पौडेलले जानकारी गराए देश विकासको लागि दक्ष जनशक्तिको आवश्यक परेको हुनाले युवाहरुलाई सिप तथा तालिमयोग्य बनाउनु अपरिहार्य रहेको र सवै वर्गलाइ समेटिन सकियोस भनेर निशुल्क तालिमको आयोजना गरेको प्रशिक्षकले वताए ।

राष्ट्रिय मा वि चन्द्रौटाको आयोजनामा ६० सिटको लागि पौष २७ गते देखि फारम खुल्ला गरेको थियो ,जसमा ११४ जनाले आवेदन फार्म भरेका थिए । ११४ जना सहभागि प्रवेश परिक्षा बाट ६० जना छनौट गरीएको प्रशिक्षक नारायण पौडेलले बताए ।

तिन महिना सम्म चल्ने निशुल्क कम्प्युटर हार्डवयर तालिममा दक्ष र अनुभवि प्रशिक्षहरुले प्रशिक्षण दिने प्रशिक्षक धिरेन्द्र लम्सालले जानकारी दिए । तिन महिना सम्म चल्ने निशुल्क कम्प्युटर हार्डवयर टेक्निसियन तालिममा विद्यालय व्यवस्थापन समितिका सदस्य करोड पति केवट,समाजसेवी विष्नु प्रसाद अधिकारी ,समाजसेवी हुमकान्त खनाल लगायत उपस्थित रहेको कायक्रममा प्रदेश सभा सांसद अर्जुन कुमार के.सि को प्रमुख आतिथ्यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश चौधरी अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP