फरवार्ड माइक्रोफाइनान्स बहादुरगंज शाखाद्धारा स्वास्थ्य सामाग्री वितरण,

कृष्णनगर नगरपलिका वडा न.८ बहादुरगंज स्थित फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था बहादुरगंज शाखाले ईप्रका गणेशपुर तथा ईप्रका बहादरगंजलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ।

कोरोना भाइरस (कोभिड १९) को बिषम परिस्थितिमा दिनरात नभनी बिपतको समयमा यस क्षेत्रमा जोखिम न्युनीकरणका लागि सहयोगमा खटिरहेको भन्दै सुरक्षा निकायलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

स्वास्थ्य सामाग्रीमा सर्जिकल माक्स ८ सय पिस , सेनिटाइजर १० लिटर ग्लब्स, १ सय पिस, साबुन ८ पिस फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था बहादुरगंज कार्यालय प्रमुख नरेन्द्र रानाले जानकारी गराएका छन।

कोभिड १९ को माहामारीका बिरुद स्वास्थ्य सामाग्री प्रदान गरेकोमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था बहादरगंज शाखा लाइ धन्यवाद दिएका छन ।

हाल फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था बहादुरगंज शाखाले आफ्नो ग्राहकहरु लाई योे बिषम परिस्थितिमा पनि स्वास्थ्य सुरक्षा अपनाई बचत कर्जा, बिमा तथा रेमिटान्सको सेवा दिदै आईरहेको छ ।

उक्त स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था बहादुरगंज शाखाका कर्मचारी सितारानी चाैधरी तथा संदिप चाैधरीकाे सहभागिता रहेको थियो ।

    Tags:

1385 Shares