Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

मास्क नलगाई हिड्ने १९ जनालाई प्रतिव्यक्ति २ सय जरिवाना

जारी निषेधाज्ञामा मास्क नलगाई बजार हिडडुल गर्ने १९ जनालाई प्रहरीले कारबाही गरेको छ। तौलिहवा बजारमा मास्क प्रयोग नगर्ने तथा अन्य मापदण्ड पालना नगर्ने लाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन र कोभिड –१९ सम्बन्धी अध्यादेश बमोजिम कारवाही गरिएको हो।

उनीहरुलाई प्रतिव्यक्ति २ सयका दरले जरिवना तिराइएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। एक पटककालागि जरिवाना तिराइ छाडिएको उनले बताए। प्रहरी,सामुदायिक प्रहरी, नागरिक समाजको संयुक्त आयोजनामा तौलिहवा बजारमा गरिएको सचेतना कार्यक्रममाबीच उनीहरुलाई प्रहरीले कारबाही गरेको थियो।

कपिलवस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ता साउ र प्रहरी उपरिक्षक अधिकारीको अगुवाईमा निकालिएको र्‍यालीले तौलिहवाको गौढी चोक हुदै तौलिहवा बजारको परिक्रमा गरेको थियो। सोक्रममा ४ सय जनालाइ मास्क समेत वितरण गरिएको सामुदायिक प्रहरीका अध्यक्ष देबी प्रसाद बर्माले बताए।

सचेतनामुलक कार्यक्रममै बजारमा हिडडुल गर्ने व्यक्तिहरुले मास्क लगाए नलागएको अनुगमन समेत गरिएको थियो। प्रहरी उपरिक्षक अधिकारीले सबैमा अनिवार्य मास्क लागएर मात्र हिडन आग्रह गरे। सो क्रममा उप मेयर गुप्ताले तीव्ररूपमा फैलिएको कोरोना माहामारी रोकथाम र नियन्त्रणकालागि सबैले अनिवार्यरुपमा मास्कको प्रयोग गर्नु पर्नेमा जोड दिईन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP