Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

अवधी भाषा मधुर र मिठासको भण्डार ः सांसद केसी

कपिलवस्तु माघ १८, भाषा संरक्षणमा पत्रकारको भुमिका महत्वपुर्ण रहेको प्रदेश नं ५ का प्रदेश सांसद अर्जुन कुमार केसीले बताउनु भएको छ । अवधी पत्रकार संघ नेपालको नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्र्यक्रममा बोल्दै प्रदेश सभा सदस्य केसीले अवधी भाषा मधुर, मिठासको खानी रहेको बताउनु भयो । उहाले भाषा, कला, संस्कृती संरक्षणका लागि प्रदेशबाट विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । सांसद केसीले सरकारले ल्याउन लागेको मिडिया विद्येयकबाट पत्रकारलाई नै राहत हुने बताउनु भयो । यही माघ ११ गते कपिलवस्तुको कृष्णनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित पदाअिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा समाजवादी पाटीका शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले पत्रकारहरुले अवधी भाषा संरक्षणका लागि गरेको यो प्रयास अति प्रशांसनिय रहेको बताउनु भयो । चन्द्रौटा उद्योग वाण्ज्यि संघका अध्यक्ष जमशेर अलि मियाले पत्रकारहरु देशको चौथो अंग भएकोले सत्य तथ्य समाचार प्रकाशन, प्रशारण गर्नु पर्ने बताउनु भयो । त्यस्तै युवा नेता अजय थापाले पत्रकारहरुलाई सरकारले दर्शउने किसीमको मिडिया विधेयकले ल्याउन लागेकोले विद्येयक संशोधन गर्नु पर्ने बताउनु भयो । सोहि कार्यक्रममा अवधी पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले भाषा संरक्षणका लागि नेतृत्वले पहल गर्नु पर्ने बताउनु भयो । उहाले स्थानिय तहबाट भाषा संरक्षणको लागि बजेट विनियोजीत गरी कार्यक्रम लागु गर्नु पर्ने बताउनु भयो । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा निरहु यादव निर्वाचित भएका थिए । संघको उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी, प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली निर्वाचित हुनुभएको थियो । निर्वाचित सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP