Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

विजयनगरमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न, कपिलवस्तु टीमको जित ।।

राम प्रघट कोरी माघ १८ विजयनगर
विजयनगरमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता शनिवार सम्पन्न भएको छ । पुस २३ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टीमको सहभागिता रहेको थियो । आज भएको फाईनल खेल महाराजगञ्ज क्रिकेट टीम र कपिलवस्तु क्रिकेट टीम विच प्रतिस्पर्धा भएको हो । टस जितेर व्याटिङ् रोजेको कपिलवस्तु टीमले १६ ओभरको समाप्तीमा १९८ रन बनाएको थियो । कपिलवस्तु टीमले दिएको १९९ रनको टार्गेट पछ्याउँदै मैदानमा उत्रिएको महाराजगञ्ज टीमले १२ ओभरमा जम्मा ६७ रन ल्याउँदै अल आउट भएको थियो । उत्कृष्ट प्रदर्शन गरेको कपिलवस्तु टीमले १३१ रनको भारी अन्तरले जित आफ्नो पोल्टामा पारेको छ । उत्कृष्ट बनेको कपिलवस्तु टीमले २५ हजार नगद र ट्रफी, दोस्रो भएको महाराजगञ्ज टीमले १५ हजार नगद र ट्रफी हात पारेको छ । कपिलवस्तु टीमका उत्कृष्ट खेलाडी प्रदीप म्यान अफ द सिरिज भएका छन् भने आजको फाइनल खेलको म्यान अफ द म्याच रेहान बनेका हुन् । उनले २५ बलमा ८२ रन बनाएर आफ्नो उत्कृष्ट प्रदर्शन गरेका थिए । कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता, वडा नं.५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमान, लौटनराम द्रोपदी देवी माध्यामिक विद्यालयका प्रधानाध्यपक श्याम प्रकाश चौधरीको अतिथ्यतामा सम्पन्न भएको थियो ।

 

Chat Conversation End

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP