रोल्पामा वृद्धकाे हत्या गरेर गहना र पैसा लुटपाट

रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिका–६, भनभनेका ७२ वर्षका बलिराम बुढाको हत्या गरी लुटपाट भएको छ ।

लुटेरा समूहले बुढाको हातखुट्टा बाँधेर हत्या गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाटका क्रममा बलिरामको ज्यान गएको र उहाँकी ७० वर्षकी श्रीमती काउली बुढाको स्थानीय बासिन्दाले उद्धार गरेका प्रहरीले जनाएको छ ।

बलिरामको घरबाट झण्डै १ लाख रुपैयाँ र २ तोला सुन लुटिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

राति १० बजेतिर ६ जना केटा र १ जना केटी त्यस घरमा लुटपाट गर्न गएका पीडित वृद्धाको भनाइ छ । घरमा कति रकम थियो भन्ने काउलीलाई यकिन जानकारी नभए पनि झण्डै १ लाख रुपैयाँजति नगद र २ तोला सुन लुटिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको रोल्पा प्रहरी प्रमुख डीएसपी चित्रबहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP