Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

दार्जिलिङमा भारी बोक्ने नेपालीको कथा

भारी बोकेर गन्तव्यमा जाँदै मजदुर ।

दार्जिलिङ ।

पूर्वी नेपालको सिमाना काकडभिट्टाबाट हुँइकिदै गरेका गाडी छिचोल्दै पहाडको बाटो करिब ९० किलोमिटर हिडेपछि सुन्दर शहर दार्जिलिङ पुगिन्छ ।

दार्जिलिङ पुगेपछि मुख्य बजारमा दोलखाका शम्भु तामाङ भेटिनुभयो । दार्जिलिङमै भारी बोक्न थालेको ४० वर्ष भएछ । उमेरले ५६ टेक्यो, तर दुःख विसाउने टेको अझै लागेको छैन ।

हातमा नाम्लो बोकेर भारी कुरिरहनुभएका तामाङले भन्नुभयो, ‘दुःख त यही त हो नि, दिनभरी भारी बोक्यो, बेलुका गयो, खायो, सुत्यो । ’

शिरमा ढाका टोपी र काँधमा नाम्लो, दार्जिलिङका नेपाली भरीयाको पहिचान हो । फाट्ट फुट्ट भारी बोक्ने महिला पनि थपिंदैछन् ।

भारी बोकेर निकै टाढा टाढासम्म जाने गरेको तामाङले सुनाउनुभयो । परिवार पाल्न र छोराछोरी पढाउन भारी नबोकी सुखै छैन । दुई छोरी र एकजना छोरा पढ्दैछन् । श्रीमतिले पनि दार्जिलिङमै घरको काम गर्ने गर्नुभएको छ । श्रीमतिको कमाइ पनि थपिंदा परिवार पाल्न अलि सहज भएको छ ।

अधिकांश भरीया दोलखा, सिन्धुपाल्चोक, रामेछापका भेटिए । दोलखाकै राजन क्षेत्रीले पनि सानैदेखी भारी बोक्ने काम गर्नुभएको हो । क्षेत्री गाउँलेको साथ लागेर १०/११ वर्षको हुँदा पहिलोपटक दार्जिलिङ पुग्नु भएको हो । ३५ भर्षभन्दा बढी भयो, टाउँकोको भारी छुटेको छैन ।

क्षेत्रीले भन्नुभयो, ‘आम्दानी भयो भने कोही बेला १५००/२००० पनि हुन्छ, कहिले ५०० मात्रै हुन्छ, कोही बेला त एक पैसा पनि हुँदैन ।’

दार्जिलिङको ब्यस्त बजारमा सबै हतारमै देखिन्छन् । दुई छाक खाना जुटाउन त्यही भिडमा भारी पाइएला की भन्दै टाउकोमा हात राखेर भरीयाहरू भने भारी कुरिरहेका भेटिए । त्यही भिडमा ४८ वर्षका पद्मा थामी पनि भेटिनुभयो ।

दार्जिलिङको ब्यस्त बजारमा सबै हतारमै देखिन्छन् । दुई छाक खाना जुटाउन त्यही भिडमा भारी पाइएला की भन्दै टाउकोमा हात राखेर भरीयाहरू भने भारी कुरिरहेका भेटिए ।

बिहान ६ बजे डेराबाट हिडेपछि झमक्क साँझ परेपछि मात्रै उहाँ डेरा पुग्नुहुन्छ । छिटो छिटै भारी पाइहालियो भने कमाइ बढ्छ, नत्र पेटभरी खान पाइन्छ कि पाइंदैन, यसै भन्न सकिन्न । थामीले दार्जिलिङमै भारी बोक्ने काम गर्न थालेको ९ वर्षभन्दा बढी भयो ।

उहाँले भन्नुभयो, ‘छोराहरू छन्, ५ जना ।कोही गाडी चलाउँछन्, कोही अरु नै काम गर्छन् । श्रीमान छैनन्, खसेका ।’

आम्दानीको हिसाबकिताब सुनाउँदै थामीले भन्नुभयो, ‘भारी पाइयो भने त कमाइ हुन्छ, नत्र के कमाइ हुन्छ र ? अर्काको चोरेर खान मिल्दैन ।’

आफ्नो कुरा सुनाउँदै पद्मा ।

शिरमा ढाका टोपी र काँधमा नाम्लो, दार्जिलिङका नेपाली भरीयाको पहिचान हो । फाट्ट फुट्ट भारी बोक्ने महिला पनि थपिंदैछन् ।

दुईबर्ष अघि गरेको एक अध्ययनमा भेटिन्छ, दार्जिलिङ र सिक्किममा करिब दुई लाख नेपाली मजदुर छन् । भारी बोकेर मात्रै जीविका चलाउनेको संख्या एक लाखको हाराहारीमा छ । तर भारी बोकेरै जीविका चलाउने भरीयाहरुको दुःखको हिसाब भने त्यो भन्दा ठूलो छ ।

पछिल्ला पुस्ताका भरीयाहरू सरकारले काम दिए आफूहरु विदेश आउनै नपर्ने गुनासो पनि गर्छन् ।

वर्षभरी भारी बोकेर मिलेसम्म चाडबाडमा घर जाउँला अनि उतै बसौला भन्ने योजना सबैले बनाउँछन् । तर, सबैको योजना सफल हुँदैन । भारीले थिचिंदै योजना योजनामा नै सकिन्छ । वर्षौदेखि घर नगइ बसेकाहरू पनि छन् । तर मनभरी घरको सम्झना र देशको माया सबैसँग छ ।

काम भएका बेला दैनिक हजारदेखि १५ सय रुपैयाँसम्म कमाउने नेपाली भरीया भारी बोकेर गन्तव्यमा पुगेपछि उज्यालो अनुहार पार्दै पैसा गन्छन् र डेरा फर्किन्छन् । तर दुःखको भारी कहिले बिसाउन पाइएला ? दार्जिलिङका पहाड हेर्दै सुइअ…..सुस्केरा हालेर आफैसँग प्रश्न गरिरहेका छन् ।

वर्षभरी भारी बोकेर मिलेसम्म चाडबाडमा घर जाउँला अनि उतै बसौला भन्ने योजना सबैले बनाउँछन् । तर, सबैको योजना सफल हुँदैन ।

चिया बगानमा रुपैयाँ फल्छ रे भन्ने प्रचारबाजीबाट हजारौँ हजार नेपाली मजदुर दार्जिलिङ पुगे । एकपटकको चिया बगान कुल्ली, सधैँका लागि चिया बगान कुल्ली भन्ने तत्कालीन सरकारको अलिखित कानुनअनुसार उनीहरू त्यहीका बासिन्दा भए । नेपाली मुलका भारतीय बने ।

अहिले पनि हजारौं नेपाली दार्जिलिङका पहाडमा काँधमा नाम्लो भिरेर सुख खोज्दै दुःखको भारी बोकेर संघर्ष गरिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP