Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम सम्पन्न ॥

कपिलवस्तुको मायादेबी गाउँपालिकाको स्वास्थ्य शाखाले माघ २५ गते देखि बुथमा र २६ गते घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानका सन्दर्भमा स्वास्थ्यकर्मीहरुका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको स्वाथ्य संयोजक महेन्द्र प्रसाद यादवले स्वास्थ्यकर्मीले हात्तीपाइले लाग्ने अवस्था, त्यसको रोकथाम तथा औषधि सेवनका बारेमा बताए । साथै कुरुप हुनबाट जोगाउने औषधिले मानिसलाई असर नगर्ने भएकाले नचाँहिदो भ्रम चिर्नुपर्ने बताए । गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविका मार्फत घर घरमा गएर सवै मानिसलाई औषधि खुवाउने कार्यक्रमलाई सफल पार्न गाउँपालिकाको कार्यालयले सवैमा आव्हान गरेको छ । यसैक्रममा भोली देखी वडा नंम्बर १ मा सामाजिक अगुवाहरुलाई सो सम्वन्धी अन्तरकृया कार्यक्रम गराइने छ । ८ वटै वडामा प्रति वडा २० जना सामाजिक अगुवाहरुका लागि २० देखि २४ गतेसम्म अभिमुखीकरण गर्ने, प्रचार प्रसारका लागि पालिकाको २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियो मार्फत सूचना प्रवाह गर्ने छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य संस्थालाई जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP