Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम सम्पन्न ॥

कपिलवस्तुको मायादेबी गाउँपालिकाको स्वास्थ्य शाखाले माघ २५ गते देखि बुथमा र २६ गते घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानका सन्दर्भमा स्वास्थ्यकर्मीहरुका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको स्वाथ्य संयोजक महेन्द्र प्रसाद यादवले स्वास्थ्यकर्मीले हात्तीपाइले लाग्ने अवस्था, त्यसको रोकथाम तथा औषधि सेवनका बारेमा बताए । साथै कुरुप हुनबाट जोगाउने औषधिले मानिसलाई असर नगर्ने भएकाले नचाँहिदो भ्रम चिर्नुपर्ने बताए । गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविका मार्फत घर घरमा गएर सवै मानिसलाई औषधि खुवाउने कार्यक्रमलाई सफल पार्न गाउँपालिकाको कार्यालयले सवैमा आव्हान गरेको छ । यसैक्रममा भोली देखी वडा नंम्बर १ मा सामाजिक अगुवाहरुलाई सो सम्वन्धी अन्तरकृया कार्यक्रम गराइने छ । ८ वटै वडामा प्रति वडा २० जना सामाजिक अगुवाहरुका लागि २० देखि २४ गतेसम्म अभिमुखीकरण गर्ने, प्रचार प्रसारका लागि पालिकाको २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियो मार्फत सूचना प्रवाह गर्ने छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य संस्थालाई जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP