Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

समाज मेमाेरी कार्डकाे विषयमा विवाद : श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमानसहित चार जना पक्राउ

आरोपमा पक्राउ परेका श्रीमान् अनिल पासवान, ससुरा राधाकृष्ण पासवान, सासू कुमला पासवान र नन्द पुनिता पासवानलाई प्रहरीले साेमबार सार्वजनिक गरेको हाे ।

गएकाे माघ १८ गते मोबाइलको मेमोरी कार्डकाे विषयमा चिन्तामणिको नन्द पुनितासँग विवाद र झैझगडा भएको र त्यही विषयलाई लिएर परिवार नै मिलेर निर्ममतापूर्वक कुटपिट गरी, बुहारीकाे घाँटी थिचेर हत्या गरेको प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनाबारे थप जानकारी दिँदै उहाँले भन्नुभयो, ‘चिन्तामणिको हत्या गरेर ससुरा पक्षका व्यक्तिहरुले झुण्डिएर आत्महत्या गरेको भनि हल्ला–खल्ला गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेर उनीहरु फरार भए । शव शङ्कास्पद देखिएपछि प्रहरीले खोजी गर्दा घटना सार्वजनिक भयाे ।’

घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले गएकाे माघ १९ गते जनकपुरधाम उपमहानगरपालिका ४ काे पेठिया बजारबाट ससुरा र श्रीमान्लाई जनकनन्दनी गाउँपालिका २ काे बलहा टोलबाट लुकिरहेको अवस्थामा पक्राउ गरेकाे थियाे । साथै सासु र नन्दलाई घरबाटै पक्राउ गरिएको हाे ।

पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइएको एसपी बस्नेतले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP