Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

अछाममा वडाध्यक्ष धामीको हत्या आशङ्का

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपाकिला २ माथिल्लो बिनायकका वडाध्यक्ष पदमबहादुर धामीको हत्या भएको छ ।

अनुहारभरि रगत लत्पतिएको अवस्थामा उहाँको शव आज बिहान भेटिएको हो । माथिल्लो बिनायकस्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैँसी बाधेको गोठभित्र धामीको शव भेटिएको नेपाली काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष धामीको हत्यापछि शव गोठमा लगेर फालिएको हुनसक्ने शङ्का गरिएको छ । हत्या कसले र किन गरेको हो भन्ने बारे खुल्न नसकेको पनि उहाँको भनाइ छ ।

आज बिहान ७ बजे भैसीलाई घाँस हाल्न गोठमा गएका एक महिलाले शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीका अनुसार शवको अवस्था अध्ययन गर्नुका साथै घटनास्थल वरिपरिको स्थितिसमेत अवलोकन गरिएको छ ।
तर घटना हत्या हो होइन भन्ने विषयमा एकिन हुन नसकेको उहाँको भनाइ छ ।

मृतक ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP