केन्यामा एउटा विद्यालयमा भागदौड मच्चिँदा १४ जना विद्यार्थीको ज्यान गएको छ ।
राजधानी नैरोबीबाट पश्चिमोत्तर क्षेत्रमा रहेको प्राथमिक विद्यालयमा भागदौड मच्चिएको बीबीसीले जनाएको छ । शिक्षामन्त्री जोर्ज मगोहाले १४ जनाको ज्यान गएको र घाइते भएका झन्डै ४० जनालाई अस्पताल लगिएको बताउनु भएको छ । भागदौड मच्चिनुको कारण खुलेको छैन ।
मन्त्री माेहगाले बालबालिका गुमाउनु अति नै दुखद् हुने भएकाले बालबालिका गुमाउने बाबुआमाप्रति समवेदना पनि प्रकट गर्नुभएकाे छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया