Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

मायादेबीमा हात्तीपाइले रोगको अन्तरकृया सम्पन्न ॥

कपिलवस्तु – बिश्वका सबै मुलुकहरुबाट सन् २०२० भित्र हात्तिपाईले रोग निवारणार्थ बिश्व स्वास्थ्य संगठनको रणनिति रहेपनि कार्यक्रम अभियान प्रभाबकारी रुपमा सञ्चालन हुन सकेको छैन । बिश्वमा हात्तिपाईले रोगबाट सक्रमित १२ करोड मानिसहरु रहेको अनुमान छ भने १ अर्ब ४० करोड भन्दा बढि मानिसहरु यो रोगको जोखिममा परेका छन । ७० भन्दा बढि मुलुकमा सञ्चालन भैरहेको यो अभियान कपिलवस्तुमा ११ बर्ष देखि जारी छ । जिल्लामा अझै पनि १२.५ (साडे बाह्रा ) प्रतिशतमा हात्तीपाइले संक्रमण रहेको पछिल्लो तथ्यांकले देखाएको छ । मंगलबार मायादेबी पालिकाको आयोजनमा भएको वडा स्तरिय अभिमुखिकरण कार्यक्रममा यस्तो जानकारी गराईएको थियो । वडा नम्बर १ मा भएको अभिमूखिकरण कार्यक्रममा बोेल्दै गाउँपालिका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवले यसबर्षको अभियानलाई सफल पार्न सम्पूर्ण सरोकारवाला निकायहरु जागरुकता साथ उठ्नुपर्ने बताउनुभयो ।

उनले गाउँपालिका तथा जिल्लालाई हात्ती पाइले रोग मुक्त बनाउन आखा अघि नै कसैलार्य नछुटाई औषधि खुबाउनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर १ का अध्यक्ष हरी गोबिन्द चौधरीले सबै सरोकारवाला तथा सचेत नागरिकले हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो । माघ २५ गते देखि संचालन हुन लागेको हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानमा सबै सरोकारवाला पक्ष लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गर्दै पकडी स्वास्थ्य शाखा प्रमुख बिश्वनाथ ठाकुरले यस बर्षको अभियानमा गाउँपालिकाको महिला स्वयम सेविका तथा स्वास्थ्य शाखाका कर्मचारीहरु गाउगाउमा परिचालन हुने बताउनुभयो । स्वास्थ्य संयोजक यादवले अभियानको पहिलो दिन वडा कार्यालयको बुथमा सञ्चालन गरिने र अर्को दिन घर दैलो गरिने बताउनु भयो ।

औषधी सम्बन्धी समाजमा व्यप्त रहेको भ्रमलाई चिर्दै अभियानमा संलग्न स्वाथ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खान र खुवाईने छ । मायादेबी वडा नंम्बर १ का अध्यक्ष हरी गोबिन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पकडी स्वास्थ्य चौकीका प्रमुख बिश्वनाथ ठाकुरको संचालन र स्वास्थ्य सँयोजक महेन्द्र प्रसाद यादवको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP