Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

प्रहरी निरिक्षक प्रताप पौडेल द्वारा ५० औं जनचेतना मुलक कार्यक्रम मा प्रशिक्षण

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु माघ २५ कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्र भित्र नगरपालिका, PRC संस्था, आफन्त नेपाल, मानव अधिकार संस्था, प्रहरी चौकी लगायत अन्यको सहयोग मा ५० वटा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। आर्थिक बर्ष २०७६/७७ को श्रावण महिना देखि हाल सम्म इलाका प्रहरी कार्यालय कृष्णनगर तथा मातहत प्रहरी चौकी र अन्य को सहयोग मा उक्त कार्यक्रम सम्पन्न गरिएको र जस्मा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रताप पौडेल ले उक्त जनचेतना मुलक कार्यक्रम हरुमा प्रशिक्षण तथा सहजकर्ता को भुमिका निर्वाह गरेको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ। लागु औषध दुर्वेसनि, मानव वेच विखन तथा ओसार पसार, बाल बालिका लाई अभद्र व्यवहार नगरौं, ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन, सरसफाई व्यवस्थापन, प्रहरीको भुमिका, लैंगिक हिंसा न्यूनिकरण, डेंगू रोग नियन्त्रण, पर्चा वितरण कार्यक्रम (चोरी, पटका, सवारी साधन पार्किंग), नेपाल भारत दशगजा सर सफाई अभियान, उजुरी प्रक्रिया, महिला अधिकार, सामाजिक सुरक्षा, मानव अधिकार र साइबर क्राइम जस्ता कार्यक्रम को विषय रहेको थियो। उक्त कार्यक्रम हरु प्रहरी चौकी उदयपुर, प्रहरी चौकी बगही, प्रहरी चौकी कुशहवा बढ्नी , प्रहरी चौकी भिल्मी,प्रहरी चौकी सिर्सिहवा, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, PRC नेपाल कृष्णनगर, आफन्त नेपाल कपिलवस्तु, सानाहातहरू नेपाल, इलाका प्रहरी कार्यालय कृष्णनगर र माहुरी होम संस्था लगायत अन्यको आयोजनामा उक्त जनचेतना मुलक कार्यक्रम हरू संचालन र उक्त कार्यक्रम हरुमा विशेष भुमिका समेत रहेको थियो। गांउ घरमा गएर समाज, विद्यार्थी र नागरिकको हितमा उक्त कार्यक्रम संचालन गरिएको जन बुझाई रहेको छ। जनचेतना कार्यक्रम बाट हजारौ को संख्या मा मानिस हरू लभान्वीत भएका छन्। प्रहरी निरिक्षक प्रताप पौडेल ले जनचेतना कार्यक्रमहरू बाट समाज, विद्यार्थी र नेपाली नागरिक मा सकारात्मक व्यवहार निर्माण भइअपराध न्यूनिकरण मा सहयोग पुग्ने बताए। आफन्त नेपाल कपिलवस्तु का जिल्ला संयोजक केशर विश्वकर्मा ले सबै स्थानीय निकाय, स्थानीय प्रशासन र विभिन्न संघ संस्थाको समन्वय राम्रो रहेको र विभिन्न स्थानीय व्यकितत्वहरू को सचेतना वृद्धि भएको, कृष्णनगर नगरपालिका ले महिला तथा बाल बालिका विकास क्षेत्र मा धेरै सहयोग गरेको जिकिर गरे। PRC संस्थाका क्षेत्रिय संयोजक भूमि राज भट्टराई ले स्थानीय सरकार र स्थानीय प्रशासन संग महिला सशक्तिकरणका कार्यक्रम हरू अगामी दिन मा संचालन गर्ने र सबैको सहयोगमा मानव वेच विखन घटना मा कमी आइरहेको कुरा बताए। कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह ले जनचेतना कार्यक्रम बाट समाज र जनता को व्यवहार मा आपेक्षित परिवर्तन आउने र अगामी दिन मा वजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन र सर सफाई को क्षेत्रमा विशेष भूमिका खेल्ने कुरा बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP