Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

कपिलवस्तुको शिवराजमा थारु युवा सञ्जाल गठन,सञ्जालले समुदायलाई सुसूचित गर्ने ।।

राम अवतार चौधरी
कपिलवस्तु,२६ माघ ।

कपिलवस्तुको शिवराज नगरपालिकामा थारु युवा सञ्जाल शनिबार गठन गरिएको छ । थारु हक, हित र अधिकारका लागि युवायुवती एकजुट भई आफ्नो समुदायलाई सुसूचित गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको हो ।

प्रकाश चौधरी थारुको संयोजकतत्वमा चन्द्रौटामा बसेको बैठकले थारु समुदायमा दिनप्रतिदिन बढ्दै गइरहेको विकृति र विसंगतिलाई चिर्नका लागि वर्तमान युवा पुस्ता जिम्मेवार हुनुपर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

पछिल्लो समय सम्बन्धित संघ संस्थाले थारुको नाम जोड्ने तर विडम्बना उक्त समुदायलाई प्रयोग गर्ने र फाल्ने कार्य मात्र गर्ने गरेका उल्लेख गर्दै सो समुदायका लागि माखो समेत मार्न नसकेको भन्दै कार्यक्रममा बोल्ने अधिकांश थारु अगुवाहरुले जिकिर समेत गरे ।

अहिले सम्म भएका हरेक गतिविधिमा सरकार लगायत शासक राजनितीग्यहरूले सिङ्गो थारु समुदायलाई डिभाइड एण्ड रूलको सुत्रको प्रयोग गरि पत्न गर्ने वा लाली पपमा भुलाउँदै गैरहेकोमा चिन्ता व्यक्त गर्दै अगामी दिनमा भने युवा सञ्जालले आफ्नो समुदायमा जनचेतनामूलक र सामाजिक कार्यमा समेत सरिक रहेर गाउँदेखि शहर सम्म जागरण अभियान र सचेतना फैलाउने युवा सञ्जालले जनाएको छ ।

थारु समुदायमा यस्तो कार्यक्रम जरुरी थियो र छ सो यस कार्यक्रम आयोजना गरेमा खुसी व्यक्त गर्दै सञ्जालले गाउँघरमा रहेको आपङ्ग, गरिब, विपन्न परिवारलाई शैक्षिक लगायत सामाजिक क्षेत्रमा समेत सहयोग गर्ने साथै थारु समुदायको बुलन्द गर्ने कुनै माध्यम नरहेको दुखेसो अगुवाहरुले व्यक्त गरेका थिए ।

हाल गठन गरिएको युवा संजाल कुनै राजनितीक नभएर थारु समुदाय स्पेसल रहेको उक्त कार्यक्रम प्रकाश चौधरी थारुको संयोजकतत्व र लक्ष्मण थारुको सहजिकरणमा ३३ जनाको कार्य समिति गठन गरेको र विभिन्न गाउँबाट थारु अगुवाहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP