Trending
समाज १२ वर्षीया बालिकामाथि बलात्कार पोल खुल्ने डरले हत्या स्वास्थ्य डा.सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन राजनीति मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ समाज गत वर्षकोभन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्नसक्ने प्रक्षेपण समाज विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा आपत्ति flash बैठकले जनरल सर्जन डा. संजोग शिवाकोटीलाई मेडिकल सुपरिटेण्डेन्ट को जिम्मेवारी समाज बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण संवर्द्धनबारे चासो राजनीति अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर

कपिलवस्तुको शिवराजमा थारु युवा सञ्जाल गठन,सञ्जालले समुदायलाई सुसूचित गर्ने ।।

राम अवतार चौधरी
कपिलवस्तु,२६ माघ ।

कपिलवस्तुको शिवराज नगरपालिकामा थारु युवा सञ्जाल शनिबार गठन गरिएको छ । थारु हक, हित र अधिकारका लागि युवायुवती एकजुट भई आफ्नो समुदायलाई सुसूचित गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको हो ।

प्रकाश चौधरी थारुको संयोजकतत्वमा चन्द्रौटामा बसेको बैठकले थारु समुदायमा दिनप्रतिदिन बढ्दै गइरहेको विकृति र विसंगतिलाई चिर्नका लागि वर्तमान युवा पुस्ता जिम्मेवार हुनुपर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

पछिल्लो समय सम्बन्धित संघ संस्थाले थारुको नाम जोड्ने तर विडम्बना उक्त समुदायलाई प्रयोग गर्ने र फाल्ने कार्य मात्र गर्ने गरेका उल्लेख गर्दै सो समुदायका लागि माखो समेत मार्न नसकेको भन्दै कार्यक्रममा बोल्ने अधिकांश थारु अगुवाहरुले जिकिर समेत गरे ।

अहिले सम्म भएका हरेक गतिविधिमा सरकार लगायत शासक राजनितीग्यहरूले सिङ्गो थारु समुदायलाई डिभाइड एण्ड रूलको सुत्रको प्रयोग गरि पत्न गर्ने वा लाली पपमा भुलाउँदै गैरहेकोमा चिन्ता व्यक्त गर्दै अगामी दिनमा भने युवा सञ्जालले आफ्नो समुदायमा जनचेतनामूलक र सामाजिक कार्यमा समेत सरिक रहेर गाउँदेखि शहर सम्म जागरण अभियान र सचेतना फैलाउने युवा सञ्जालले जनाएको छ ।

थारु समुदायमा यस्तो कार्यक्रम जरुरी थियो र छ सो यस कार्यक्रम आयोजना गरेमा खुसी व्यक्त गर्दै सञ्जालले गाउँघरमा रहेको आपङ्ग, गरिब, विपन्न परिवारलाई शैक्षिक लगायत सामाजिक क्षेत्रमा समेत सहयोग गर्ने साथै थारु समुदायको बुलन्द गर्ने कुनै माध्यम नरहेको दुखेसो अगुवाहरुले व्यक्त गरेका थिए ।

हाल गठन गरिएको युवा संजाल कुनै राजनितीक नभएर थारु समुदाय स्पेसल रहेको उक्त कार्यक्रम प्रकाश चौधरी थारुको संयोजकतत्व र लक्ष्मण थारुको सहजिकरणमा ३३ जनाको कार्य समिति गठन गरेको र विभिन्न गाउँबाट थारु अगुवाहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP