Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

तराई मधेश जनवादी मोर्चाको जागरण अभियान अन्र्तगत शिवराज नगर समिती गठन ।।

नवराज पौडेल माघ २६ कपिलवस्तु

ने.क.पा. (मसाल) राष्ट्रिय जनमोर्चा निकट तराई मधेश जनवादी मोर्चाको जागरण अभियान अन्र्तगत आईतबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नंम्वर ३ कुशवा टोलमा भेला सम्पन्न भएको छ ।

भेलाले श्याम मोहन केवट को अध्यक्षतामा ९ सदस्यीय शिवराज नगर समिती गठन गरेको छ । जसको उपाध्यक्षमा मोहन चौधरी,सचिव राम बहादर चमार, कोषाध्यक्ष राम देव कुर्मी, सदस्यहरु अनवर मुसलमान,बावुराम बढई, नाथु राम थारु रहनु भएको छ ।यसै गरि कर्मराज चौधरी,र कन्हैयालाल मुराउ सल्लाहकारमा रहनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य कर्मराच चौधरीले भुमीपुत्र भनि चिनिने थारु समुदाय भुमिहिन भईरहेको भन्दै राजतन्त्र, बहुदल,लोकतन्त्र वेर्होदै आइरहेको तर आफुले आफुलाई चिन्न नसक्दा पछाडी पारिएको बताउनु भयो ।

यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रिय सदस्य केयर सिंह अदैले मध्यम वर्गीय किसानले पुजींपति वर्गलाई भगवान ठान्ने प्रवृधीले गर्दा समाज परिवर्तन हुन नसकेको बताउदै सत्तामा पुगेका पार्टीले गरिब किसानको पक्षमा काम गर्न नसकेको आरोप लगाउनु भयो ।

कार्यक्रमलाई रा.ज.मो का प्रतिनिधी छन्द बहादुर के.सी लगाएले सम्बोधन गर्नु भएको थियो ।कार्यक्रम राम बहादुर चमारको संचालन र मोहन चौधरीको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP