Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

नेता तथा अभिनेता कुट्ने ससांद शाह ५ लाख धरौटीमा रिहा

कपिलवस्तु , २७ माघ

राप्रपाका केन्द्रिय सदस्य तथा अभिनेता श्याम कुमार मिश्रा विरुद्ध ज्यान मार्ने उद्योगमा कपिलवस्तु क्षेत्र नं। ३ का सांसद अभिषेक प्रताप शाहसंग जिल्ला अदालतले ५ लाख धरौटी माग गरेको छ ।

जिल्ला न्यायधिश लालकाजी श्रेष्ठको एकल इजलाशले शाहलाई तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम ५ लाख धरौटी लिई मुद्धाको पुर्पक्षका लागि आदेश दिएको छ । पुस ५ गते कृष्णनगर स्थित आफ्नै निवासमा कांग्रेस नेता तथा सांसद शाहले राप्रपा नेता एवम भोजपुरी फिल्मका अभिनेता श्याम मिश्रालाई सांघातिक आक्रमण गरेर घाइते बनाएका थिए ।

घाईते मिश्राको जाहेरी पश्चात प्रहरीेले घटनामा संलग्न सांसद शाह तथा चालक शशीकान्त कहाँर विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले सांसद शाहका चालकलाई पक्राउ गरेपनि शाह भने भारत तर्फ भाग्न सफल भएका थिए । जिल्ला अदालतले यस अघि चालक कहाँरलाई पनि घटनामा कसुरदार देखिएको भन्दै ५ लाख धरौटी सहित पुर्पक्षका लागि आदेश दिएको थियो । घटना दर्ता लगत्तै फरार रहि भारतको लखनउ बस्दै आएका शाह सोमबार विहान १० बजे अदालतमा हाजिर भएका थिए ।

डेढ महिना सम्म प्रहरी संग भाग्दै बसेका शाह अन्ततः आंशिक रुपमा दोषि देखिएपछि धरौटी बुझाएर जेल जानबाट जोगिएका छन् । तर पीडित जाहेरवाला भने उक्त आदेश प्रति असन्तुष्ट बनेका छन् । शरिर बन्धक, डाँका, अपहरण तथा ज्यान मार्ने उद्योग अन्र्तगतका अभियोग लगाउनुपर्नेमा प्रहरी मात्र ज्यानमार्ने उद्योग मुद्धा लगाएको कारण अदालतको आदेश फितलो आएको आरोप लगाउनुभयो ।

मिश्राले आफुले उल्लेख गरेको जाहेरी बमोजिम सरकारी वकिल कार्यालयबाट अन्य दफाहरुमा मुद्धा अभियोग नलगाइएको र थप अभियोग लगाउनका लागि कार्यविधिको दफा ३५ बमोजिम सर्वोच्च अदालतमा रिट निवेदन दिने बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP