Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

नेता तथा अभिनेता कुट्ने ससांद शाह ५ लाख धरौटीमा रिहा

कपिलवस्तु , २७ माघ

राप्रपाका केन्द्रिय सदस्य तथा अभिनेता श्याम कुमार मिश्रा विरुद्ध ज्यान मार्ने उद्योगमा कपिलवस्तु क्षेत्र नं। ३ का सांसद अभिषेक प्रताप शाहसंग जिल्ला अदालतले ५ लाख धरौटी माग गरेको छ ।

जिल्ला न्यायधिश लालकाजी श्रेष्ठको एकल इजलाशले शाहलाई तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम ५ लाख धरौटी लिई मुद्धाको पुर्पक्षका लागि आदेश दिएको छ । पुस ५ गते कृष्णनगर स्थित आफ्नै निवासमा कांग्रेस नेता तथा सांसद शाहले राप्रपा नेता एवम भोजपुरी फिल्मका अभिनेता श्याम मिश्रालाई सांघातिक आक्रमण गरेर घाइते बनाएका थिए ।

घाईते मिश्राको जाहेरी पश्चात प्रहरीेले घटनामा संलग्न सांसद शाह तथा चालक शशीकान्त कहाँर विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले सांसद शाहका चालकलाई पक्राउ गरेपनि शाह भने भारत तर्फ भाग्न सफल भएका थिए । जिल्ला अदालतले यस अघि चालक कहाँरलाई पनि घटनामा कसुरदार देखिएको भन्दै ५ लाख धरौटी सहित पुर्पक्षका लागि आदेश दिएको थियो । घटना दर्ता लगत्तै फरार रहि भारतको लखनउ बस्दै आएका शाह सोमबार विहान १० बजे अदालतमा हाजिर भएका थिए ।

डेढ महिना सम्म प्रहरी संग भाग्दै बसेका शाह अन्ततः आंशिक रुपमा दोषि देखिएपछि धरौटी बुझाएर जेल जानबाट जोगिएका छन् । तर पीडित जाहेरवाला भने उक्त आदेश प्रति असन्तुष्ट बनेका छन् । शरिर बन्धक, डाँका, अपहरण तथा ज्यान मार्ने उद्योग अन्र्तगतका अभियोग लगाउनुपर्नेमा प्रहरी मात्र ज्यानमार्ने उद्योग मुद्धा लगाएको कारण अदालतको आदेश फितलो आएको आरोप लगाउनुभयो ।

मिश्राले आफुले उल्लेख गरेको जाहेरी बमोजिम सरकारी वकिल कार्यालयबाट अन्य दफाहरुमा मुद्धा अभियोग नलगाइएको र थप अभियोग लगाउनका लागि कार्यविधिको दफा ३५ बमोजिम सर्वोच्च अदालतमा रिट निवेदन दिने बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP