Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कपिलवस्तुमा हात्तीपाइले प्रभावित धेरै

किपलवस्तु ।  कपिलवस्तुमा हात्तीपाइले रोग निवारण चुनौतीपूर्ण बनेको छ । जिल्लामा सन् २००७ देखि हात्तीपाइलेको औषधि खुवाउन सुरु गरिए पनि मुलुकभरमा गरिएको सर्वेक्षणले कपिलवस्तुमा सबैभन्दा धेरै हात्तीपाइलेका बिरामी भएको देखिएको हो । तिघ्रादेखि पैतलासम्म सुन्निएर खुट्टा अस्वाभाविक रुपमा मोटो हुने एक प्रकारको रोग नै हात्तीपाइले हो ।

कपिलवस्तुमा हात्तीपाइले निवारणका लागि ११ वर्षदेखि अभियान चलीरहेको छ । तर जिल्लाको पछिल्लो सर्भेक्षणले हात्तीपाइले नियन्त्रण प्रभावकारबी नभएको देखाएको वरिष्ठ जिल्ला जनस्वास्थ्य अधिकृत योगेन्द्र भगतले बताउनुभयो ।

जिल्लामा ११ चरणको कार्यक्रम सकिएको छ । बिभिन्न ६३ जिल्लामा गरिएको सर्भेक्षण अनुसार कपिलवस्तु जिल्ला हात्तीपाइले प्रभावितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ ।

स्वास्थ्य सेवा विभाग मातहतको ईपिडीमियोलोजी तथा रोग निवारण महासाखाका जनस्वास्थ्य निरिक्षक प्रदिप रिमालले पनि कपिलवस्तुमा गरिएका कार्यक्रम र अभियान अनुसार प्रभाव कम देखिएको टिप्पणी गर्नुभयो ।

स्थानीय तहको निर्वाचनपछि पालिकाहरूको अगुावाइमा जिल्लाका १० पालिकामा गत वर्षको फागुनमा एक सातासम्म हात्तीपाइले विरुद्धको अभियान चलाइएको थियो ।

सबै स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर लाग्ने हो भने कपिलवस्तुबासीले फेरि औषधि खानु नपर्ने बताउनुहुन्छ कपिलवस्तु जिल्ला समन्वय समितिका संयोजक नारायण खनाल ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले ५ लाख ८१ हजारलाई हात्तीपाइले विरुद्धको अभियानमा औषधि खुवाउने लक्ष्य लिइएकोमा गत वर्ष ५६ प्रतिशतले मात्र औषधि खाएका थिए ।

सन् २०२० मा हात्तीपाइले प्रभावितको सङ्ख्या १ प्रतिशतभन्दा कममा झार्ने सरकारी योजना छ तर लक्ष्यमा पुग्न चुनौती पनि देखिन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP