किपलवस्तु । कपिलवस्तुमा हात्तीपाइले रोग निवारण चुनौतीपूर्ण बनेको छ । जिल्लामा सन् २००७ देखि हात्तीपाइलेको औषधि खुवाउन सुरु गरिए पनि मुलुकभरमा गरिएको सर्वेक्षणले कपिलवस्तुमा सबैभन्दा धेरै हात्तीपाइलेका बिरामी भएको देखिएको हो । तिघ्रादेखि पैतलासम्म सुन्निएर खुट्टा अस्वाभाविक रुपमा मोटो हुने एक प्रकारको रोग नै हात्तीपाइले हो ।
कपिलवस्तुमा हात्तीपाइले निवारणका लागि ११ वर्षदेखि अभियान चलीरहेको छ । तर जिल्लाको पछिल्लो सर्भेक्षणले हात्तीपाइले नियन्त्रण प्रभावकारबी नभएको देखाएको वरिष्ठ जिल्ला जनस्वास्थ्य अधिकृत योगेन्द्र भगतले बताउनुभयो ।
जिल्लामा ११ चरणको कार्यक्रम सकिएको छ । बिभिन्न ६३ जिल्लामा गरिएको सर्भेक्षण अनुसार कपिलवस्तु जिल्ला हात्तीपाइले प्रभावितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ ।
स्वास्थ्य सेवा विभाग मातहतको ईपिडीमियोलोजी तथा रोग निवारण महासाखाका जनस्वास्थ्य निरिक्षक प्रदिप रिमालले पनि कपिलवस्तुमा गरिएका कार्यक्रम र अभियान अनुसार प्रभाव कम देखिएको टिप्पणी गर्नुभयो ।
स्थानीय तहको निर्वाचनपछि पालिकाहरूको अगुावाइमा जिल्लाका १० पालिकामा गत वर्षको फागुनमा एक सातासम्म हात्तीपाइले विरुद्धको अभियान चलाइएको थियो ।
सबै स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर लाग्ने हो भने कपिलवस्तुबासीले फेरि औषधि खानु नपर्ने बताउनुहुन्छ कपिलवस्तु जिल्ला समन्वय समितिका संयोजक नारायण खनाल ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले ५ लाख ८१ हजारलाई हात्तीपाइले विरुद्धको अभियानमा औषधि खुवाउने लक्ष्य लिइएकोमा गत वर्ष ५६ प्रतिशतले मात्र औषधि खाएका थिए ।
सन् २०२० मा हात्तीपाइले प्रभावितको सङ्ख्या १ प्रतिशतभन्दा कममा झार्ने सरकारी योजना छ तर लक्ष्यमा पुग्न चुनौती पनि देखिन्छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया