Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

सिन्धुपाल्चोक : रुघाखोकी र ज्वरो प्रभावित गाउँमा कोरोना नभएको सम्भावना, नआत्तिन आग्रह

सिन्धुपाल्चोक – जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले कोरोनाको जस्तो लक्षण देखिएको भए पनि सामान्य भाइरल मात्रै भएको हुन सक्ने बताउनुभयो । तर यसबारे आफूहरुले अध्ययन गरिरहेको र गाउँमा चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताउनुभयो ।

उहाँका अनुसार गाउँमा कोही आएको या नआएको बारे थप बुझ्न लगाएको र अध्ययन भइरहेको छ ।

त्यस क्षेत्रमा देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मी परिचालन गरिएको छ । बिरामीमध्ये १० जना निको भएको र केहीको उपचार भइरहेको प्रमुख चापागाइँले बताउनुभयो ।

गाउँमा एक सय ५० जनामा रुघाखोकी र ज्वरोको प्रकोप देखिएकोमा एक जना सिकिस्त रहेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । त्यहाँ गएकाे तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको र गुम्बागाउँमा दुई जना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि र अरु सामग्री पुगेको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यहाँको स्वास्थ्य समस्याबारे अध्ययन गर्ने काम भइरहेको जनाएको छ । बिहान मन्त्रालयमा गाउँपालिकाको पत्रबारे छलफल भएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ ।

लक्षण मिले पनि कोरोना हुन सक्ने सम्भावना निकै कम रहेकाले नआत्तिन पनि सचिवालयले सबैसँग आग्रह गरेको छ । चीनसँग सीमा जोडिएकाे भए पनि त्यहाँ दुई महिनादेखि नाका बन्द भएकाले चीनबाट मानिस आउने सम्भावना नै नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP