Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

पाँच दिनपछि अब्दुलको शव फेला, कारमा सावरले नै मारेको आफन्तको आरोप

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीका ५७ बर्षिय अब्दुल हुसेन मुसलमान (छोटकाउ)को शव फेला परेको छ । गत आइतबार विहान देखि बेपत्ता भएका मुसलमान बिहीवार शिवराज २ हरहट्टिमा मृत अवस्थामा भेटिएका हुन् । सुरहि नदिको किनारमा रहेको उक्त शवको टाउको गाडिएको,हातमा चोट लागेको देखिएको छ ।

घरबाट निस्केका ३ दिन वितिसक्दा घर नआएपछि मुसलमानको परिवारले खोजतलास गर्दा खैरी गाउँ नजिकै पुर्वपश्चिम राजमार्ग छेउमै अब्दुलको चप्पल भेटिएको थियो । चप्पल भेटिएको ठाउँमा अब्दुल घरबाट निस्केकै दिन कार दुर्घटना भएको थियो । लु १ ज ३३१३ नम्बरको कार दुर्घटना भएकै ठाउँमा अब्दुलको चप्पल भेटिनु र शव नजिकै सवारीको डाम देखिएकोले घटना रहस्मय बनेको छ ।

स्थानियहरुले भने उक्त कारले मुसलमानलाई ठक्कर दिएपछि खोला नजिकै लगेर फालेको आंशका गरेका छन् । दुर्घटना स्थलमा चप्पल भेटिनु र शव नजिकै गाडीका डामहरु देखिनुले दुर्घटनालाई लुकाउन शव फालेको हुनसक्ने स्थानिय रहिस शाहले बताउनुभयो ।

वडा प्रहरी कार्यलय चन्द्रौटाले कार चालक विरु कुवँर सहित चार जना पक्राउ गरि अनुसन्धन भइरहेको प्रहरी निरीक्षक शकंर प्रसाद आचार्यले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टम गरी अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP