Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

ट्याक्सीमा छुटेको १३ तोला सुन फिर्ता, चालकलाई सिक्री उपहार

काठमाडौं । सोमबार दिउँसो साढे १ बजे लक्की रिजाल लाजिम्पाटबाट थापाथली नर्भिक अस्पताल चोकसम्म यात्रा गर्दै थिइन्। गन्तव्यमा पुगेपछि उनी ट्याक्सीबाट ओर्लिइन्, तर ‘लगेज’ ट्याक्सीमै छुट्यो। रिजालले लगेज छुटाएको कुरा चालकले पनि झट्ट थाहा पाएनन्। रिजाललाई ट्याक्सीको नम्वर पनि थाहा भएन। रिजालले आफ्नो लगेज ट्याक्सीमा छुटेको भन्दै साढे ३ बजे ट्राफिक प्रहरी महाशाखामा निवेदन दिइन्। उक्त ट्याक्सीको ट्राफिक प्रहरीले खोजी गर्न थाल्यो। त्यत्तिकैमा ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्वर १०३ मा फोन आयो।

त्यो फोन गर्ने व्यक्ति उनै ट्याक्सी चालक थिए। बा२ ज ४०७१ नंको ट्याक्सी भाडामा चलाउँदै आएका बर्दिया गेरुवा गाउँपालिका ४ का नवीन सिग्देलले एक यात्रुको लगेज आफ्नो ट्याक्सीमा छुटेको ट्राफिक प्रहरीलाई जानकारी दिए। ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले छुटेकाे लगेजसहित चालक सिग्देललाई उपस्थित गरायो। रिजाललाई पनि सम्पर्क गरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले छुटेको लगेज हस्तान्तरण गरे। रिजालको लगेजमा एकदमै महत्वपूर्ण सामानहरु थियो। १३ तोला बराबरको सुनका गरगहना, ल्यापटप, महत्वपूर्ण मेडिकल कागजपत्रहरु लगेजमा थियो।

हस्तान्तरणपछि लगेज धनीले इमान्दारिताको प्रशंसा गर्दै एक थान सुनको सिक्री पुरस्कारस्वरुप चालकलाई प्रदान गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। “म आजै मात्रै अमेरिकाबाट आएको हुँ,” रिजालले भनिन्, “लाजिम्पाटमा सानो काम थियो, त्यहाँ पुगेर बाटोमा रहेको ट्याक्सीमा चढेर थापाथलीमा रहेको युरो किड्समा छोरालाइ भेट्न जाँदा झोला ट्याक्सीमै छोडेछौं ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP