Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

बहादुरगंजमा कान उपचार सेवा आज देखि सुरु

कपिलवस्तु फागुन १

छन्द (कालेबाबू) नारायणी आखा अस्पताल बहादुरगंजले एक कार्यक्रम गरि कान उपचार सेवा आज देखि सूरु गरेको छ । नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबू) नारायणी आँखा अस्पतालले आज बहादुरगंजमा एक कार्यक्रम गरि कान उपचार सेवा तथा स्टोर भवनको समुद्घाटन गरेको छ । आँखाको उपचार दिदै आएको छन्द (कालेबाबू) नारायणी आँखा अस्पताल बहादुरगंजले अब कानको उपचार पनि दिने अस्पताल प्रशासनले जनाएको छ ।१ लाख अक्ष्यकाेषकाे लागि

आँखाको उपचार गराउन बुटवल,भैरहवा तथा काठमाडौं जानु परिरहेको अवस्थामा जनताको मर्म बुझि नेपाल नेत्र ज्योति संघले बहादुरगंजमा शाखा खोली बिरामीहरुलाई सेवा दिदै आइ रहेको छ ।त्यस्तै कानको विरामीहरु बुटवल,भैरहवा जानू पर्ने देखिएकोले कान उपचार सेवा सुरु गरिएको नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सभापति तथा कार्यक्रमका प्रमुख अतिथी कृष्ण कुमार गिरीले जानकारी दिनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेत्र ज्योति संघका केन्द्रिय सदस्य कृष्ण कुमार गिरिले स्थानिय निकायले सहयोग गरेको खण्डमा पैसाको अभाको कारण कोही पनि दृष्टिविहीन भएर बस्नु नपर्ने बताएका छन । उहाँले नेपाल सरकारले खुल्ला दिसापिसाब मुक्त,बाल बिवाह मुक्त गाउँपालिका÷ नगरपालिका घोषणा गरे जस्तै अब हामी मोतीविन्दु रहित गाउँपालिका तथा नगरापालिका घोषणा अभियानमा लाग्नुपर्ने कुरामा समेत जोड दिनुभयो । नेपाल नेत्र ज्योति संघ आखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित दुई वटा आँखा अस्पताल र लमही आँखा अस्पतालमा यस अघि नै कान उपचार सुरु भैसकेको र तेस्रो चरणमा बहादुरगंजको छन्द (कालेबाबू) नारायणी आखा अस्पतालमा आज देखि सुरु गरिएको समेत उहाँले जानकारी गराउनु भयो ।

कार्यक्रममा अस्पताललाई १७ कठ्ठा जग्गा दान गर्नु भएका जग्गादाता नारायणी शाह तथा अस्पताल परिसरभित्र स्टोर भवन निर्माण गरिदिनु भएका दाता द्धय हिरा बहादुर शाह र नसरुल्लाह खानलाई दोसल्ला ओढाई र प्रमाण पत्रले सम्मान गरिएको थियो । गरिब तथा असहाय बिरामीहरुको उपचारका लागि दाता द्धय नसरुल्लाह खान र हिराबहादुर शाहले १ लाखको सहयोग गरि आज बाट छन्द (कालेबाबू) नारायणी आँखा अस्पताल बहादुरगंजमा अक्षयकोषको सुरुवात गरेका छन् । साथ साथै यस्तै सहयोगको लागि इच्छुक दाताहरुले अक्षकोषमा पैसा जम्मा गरिदिनुका लागि अस्पतालले आव्हान गरेको छ । कार्यक्रमका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ,दाङका सचिव सुरेन्द्रबहादुर खडका,कृष्णनगर नगरपालिका वडा न. ९ का वडा अध्यक्ष राममिलन चौधरी ,दाता हिराबहादुर लगायतले मन्तब्य व्यक्त गर्नु भएको कार्यक्रमको संचालन सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो । प्रशासकीय अधिकृत जसराज विश्वकर्माको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा नि.मेडिकल डाइरेक्टर डा.ज्योति सापकोटाले धन्यबाद मन्तव्य गर्नु भएको थियो । कार्यक्रममा छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका नेत्र विशेषज्ञ डा.रबिन्द्रसिंह ठकुरी र आरती काराखेती तथा राप्ती आँखा अस्पतालका नेत्र विशेषज्ञ डा.कौशल पोख्रेलको समेत उपस्थिी रहेको थियो ।

सोही अवसरमा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गतका आँखा अस्पताल तथा उपचार केन्द्रहरुले स्थापना कालदेखि सन् २०१९ को डिसेम्बर सम्म प्रदान गरिएको सेवाको बारेमा जानकारी गराइएको थियो । जस अनुसार हालसम्म समग्र कार्यक्रमका अस्पताल तथा उपचार केन्द्रहरु समेतले २८ लाख ३८ हजार ५ सय चालिस जना ओ.पि.डि हेरिएकोमा १ लाख ८० हजार ९ सय ८८ जनाको अप्रेशन गरिएको र छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालले मात्र स्थापना कालदेखि हालसम्म ७ लाख ७४ हजार ९ सय ७५ जनालाई ओ.पि.डी सेवा दिइएकोमा १ लाख ६ हजार ६ सय ८५ जनाको मोतिविन्दु अप्रेशन गरिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP