Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

बहादुरगंजमा कान उपचार सेवा आज देखि सुरु

कपिलवस्तु फागुन १

छन्द (कालेबाबू) नारायणी आखा अस्पताल बहादुरगंजले एक कार्यक्रम गरि कान उपचार सेवा आज देखि सूरु गरेको छ । नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबू) नारायणी आँखा अस्पतालले आज बहादुरगंजमा एक कार्यक्रम गरि कान उपचार सेवा तथा स्टोर भवनको समुद्घाटन गरेको छ । आँखाको उपचार दिदै आएको छन्द (कालेबाबू) नारायणी आँखा अस्पताल बहादुरगंजले अब कानको उपचार पनि दिने अस्पताल प्रशासनले जनाएको छ ।१ लाख अक्ष्यकाेषकाे लागि

आँखाको उपचार गराउन बुटवल,भैरहवा तथा काठमाडौं जानु परिरहेको अवस्थामा जनताको मर्म बुझि नेपाल नेत्र ज्योति संघले बहादुरगंजमा शाखा खोली बिरामीहरुलाई सेवा दिदै आइ रहेको छ ।त्यस्तै कानको विरामीहरु बुटवल,भैरहवा जानू पर्ने देखिएकोले कान उपचार सेवा सुरु गरिएको नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सभापति तथा कार्यक्रमका प्रमुख अतिथी कृष्ण कुमार गिरीले जानकारी दिनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेत्र ज्योति संघका केन्द्रिय सदस्य कृष्ण कुमार गिरिले स्थानिय निकायले सहयोग गरेको खण्डमा पैसाको अभाको कारण कोही पनि दृष्टिविहीन भएर बस्नु नपर्ने बताएका छन । उहाँले नेपाल सरकारले खुल्ला दिसापिसाब मुक्त,बाल बिवाह मुक्त गाउँपालिका÷ नगरपालिका घोषणा गरे जस्तै अब हामी मोतीविन्दु रहित गाउँपालिका तथा नगरापालिका घोषणा अभियानमा लाग्नुपर्ने कुरामा समेत जोड दिनुभयो । नेपाल नेत्र ज्योति संघ आखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित दुई वटा आँखा अस्पताल र लमही आँखा अस्पतालमा यस अघि नै कान उपचार सुरु भैसकेको र तेस्रो चरणमा बहादुरगंजको छन्द (कालेबाबू) नारायणी आखा अस्पतालमा आज देखि सुरु गरिएको समेत उहाँले जानकारी गराउनु भयो ।

कार्यक्रममा अस्पताललाई १७ कठ्ठा जग्गा दान गर्नु भएका जग्गादाता नारायणी शाह तथा अस्पताल परिसरभित्र स्टोर भवन निर्माण गरिदिनु भएका दाता द्धय हिरा बहादुर शाह र नसरुल्लाह खानलाई दोसल्ला ओढाई र प्रमाण पत्रले सम्मान गरिएको थियो । गरिब तथा असहाय बिरामीहरुको उपचारका लागि दाता द्धय नसरुल्लाह खान र हिराबहादुर शाहले १ लाखको सहयोग गरि आज बाट छन्द (कालेबाबू) नारायणी आँखा अस्पताल बहादुरगंजमा अक्षयकोषको सुरुवात गरेका छन् । साथ साथै यस्तै सहयोगको लागि इच्छुक दाताहरुले अक्षकोषमा पैसा जम्मा गरिदिनुका लागि अस्पतालले आव्हान गरेको छ । कार्यक्रमका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ,दाङका सचिव सुरेन्द्रबहादुर खडका,कृष्णनगर नगरपालिका वडा न. ९ का वडा अध्यक्ष राममिलन चौधरी ,दाता हिराबहादुर लगायतले मन्तब्य व्यक्त गर्नु भएको कार्यक्रमको संचालन सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो । प्रशासकीय अधिकृत जसराज विश्वकर्माको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा नि.मेडिकल डाइरेक्टर डा.ज्योति सापकोटाले धन्यबाद मन्तव्य गर्नु भएको थियो । कार्यक्रममा छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका नेत्र विशेषज्ञ डा.रबिन्द्रसिंह ठकुरी र आरती काराखेती तथा राप्ती आँखा अस्पतालका नेत्र विशेषज्ञ डा.कौशल पोख्रेलको समेत उपस्थिी रहेको थियो ।

सोही अवसरमा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गतका आँखा अस्पताल तथा उपचार केन्द्रहरुले स्थापना कालदेखि सन् २०१९ को डिसेम्बर सम्म प्रदान गरिएको सेवाको बारेमा जानकारी गराइएको थियो । जस अनुसार हालसम्म समग्र कार्यक्रमका अस्पताल तथा उपचार केन्द्रहरु समेतले २८ लाख ३८ हजार ५ सय चालिस जना ओ.पि.डि हेरिएकोमा १ लाख ८० हजार ९ सय ८८ जनाको अप्रेशन गरिएको र छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालले मात्र स्थापना कालदेखि हालसम्म ७ लाख ७४ हजार ९ सय ७५ जनालाई ओ.पि.डी सेवा दिइएकोमा १ लाख ६ हजार ६ सय ८५ जनाको मोतिविन्दु अप्रेशन गरिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP