Trending
राजनीति संसद् बैठकअघि कांग्रेसले अरु प्रतिपक्षी दलसँग छलफल गर्दै खेल इगा स्वितेकले तेस्रो पटक जितिन् इटालियन ओपन समाज प्रहरी जवानको हत्यामा संलग्न ६ जना पक्राउ समाज बबईमा डुबेर २ जनाको मृत्यु राजनीति संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख राजनीति बाफल आगलागीका घाइते अर्का एकजनाको मृत्यु, परिवारका चारै सदस्यले गुमाए ज्यान राजनीति सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति

स्मार्ट लगानीकर्ताहरुका लागि ज्योति विकास बैंकको “ज्योति स्मार्ट सेभिङ्ग्स” बचत खाता

काठमाडौं, १७ साउन । ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ।
बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो।

बैंकको अनुसार यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निःशुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन शुल्क, निःशुल्क सि–आस्वा, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा र निःशुल्क डेबिट कार्डको सेवा सुविधाहरु पाउन सक्नेछन् ।

यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५०% छुट र धितो रकममा ३०% छुटको सुविधाहरु पनि रहेका छन्।ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने बैंकले जनाएको छ ।

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ। ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP