Trending
राजनीति संसद् बैठकअघि कांग्रेसले अरु प्रतिपक्षी दलसँग छलफल गर्दै खेल इगा स्वितेकले तेस्रो पटक जितिन् इटालियन ओपन समाज प्रहरी जवानको हत्यामा संलग्न ६ जना पक्राउ समाज बबईमा डुबेर २ जनाको मृत्यु राजनीति संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख राजनीति बाफल आगलागीका घाइते अर्का एकजनाको मृत्यु, परिवारका चारै सदस्यले गुमाए ज्यान राजनीति सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति

बाणगंगाका सामुदायिक बनमा वेथिती पच्चिस बर्ष देखि अध्यक्ष, चालिस लाखको ढुंगा गायब

कपिलवस्तु

कपिलवस्तु , १७ साउन
समुदायमा रहेका राष्ट्रिय बनको व्यवस्थापन र सरक्षण गर्दै समुदायको विकास गर्ने उद्धेश्यले स्थापना गरिएका सामुदायिक बन अहिले भ्रष्टाचारको अखडा बन्दै गएका छन् । बनको दिगो विकास, समुदायको आयश्रोतको मुख्य पाटोका साथै गरिबी निवारण र बन संरक्षणका लागि दर्ता गरिएका सामुदायिक बनहरु भ्रष्टाचारको मुख्य श्रोत बन्दै गर्दा बनमा बेथिति बढ्दो छ ।
सुसाशनका कुरा गर्ने बाणगंगा नगरपालिकामा जिल्लामै सबै भन्दा बढि सामुदायिक बन दर्ता छ । डिभिजन बन कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा भित्रका सामुदायिक बनको आ.ब. ०७६÷७७ को आम्दानी मात्रै झण्डै ४६ करोड बढि छ । तर ति रकम खर्च गर्ने मापदण्ड र सामुदायिक बनलाई नियमन गर्ने स्थानीय कार्यविधि वा कुनै निति भने बाणगंगा नगरपालिका संग छैन । जसको प्रत्यक्ष फाइदा सामुदायिक बनका पदाधिकारीहरुले लिइरहेका छन् ।

एउटै व्यक्ति २५ बर्ष अध्यक्ष
जिल्लाको सबै भन्दा बढि सामुदायिक बन भएको बाणगंगाको भलवाड क्षेत्रका सामुदायिक बनहरुमा समेत यो वेथिति निकै मौलाउदो छ । सो क्षेत्रको निकै पुरानो कोइलीचौर साना किसान सामुदायिक बनमा सामाजिक, आर्थिक र नितिगत भ्रष्टाचारले जरो गाड्दा समेत सरोकारवाला निकाय मौन छन् । सामुदायिक बन दर्ता भएदेखि हाल २५ बर्ष पुग्दा सम्म यसको अध्यक्ष एउटै व्यक्ति छन् । स्थानीय हरिराज घिमिरे हाल सम्म यसको अध्यक्ष रहदै आएका छन् । निःशुल्क रुपमा गरिने सामाजिक सेवाका रुपमा लिइने यस पदमा निरन्तर २५ बर्ष सम्म कब्जा गरि बस्नु आफैमा सामाजिक भ्रष्टाचार मानिने स्थानीय उपभोक्ताहरु बताउछन् । बन ऐनमा भने कति पटक अध्यक्ष बन्ने भन्ने स्पष्ट नभएकाले पनि यस्ता समस्या आएको स्थानीयको भनाई छ ।
ढुंगा विक्रीको २० लाख छैन
सामुदायिक बनको अर्को ठूलो भ्रष्टाचार ढुंगा विक्री र त्यसको हरहिसाब रहेको छ । अध्यक्ष हरिराज घिमिरे र कोषाध्यक्ष कुन्तामणि भुसालको मिलेमतोमा सामुदायिक बन क्षेत्र र त्यहा भएका खोल्सा खोल्सीबाट आ.ब. ०७५÷ ७६ देखि ०७७÷७८ सम्म लगातार ढुंगा विक्री गरिएको स्थानीय उपभोक्ताहरु बताउछन् । प्रत्येक साधारणसभामा यस बारे हरहिसाब खोज्दा विवाद समेत हुदै आएको छ तर हिसाब किताब गायब छ । समितिकै एक सदस्यका अनुसार कोषाध्यक्ष भुसालले ३ बर्षको अवधिमा करिब २० लाख बढिको ढुंगा विक्री गरेको र त्यसको आम्दानी खर्च कतै नदेखाएको बताए । सामुदायिक बनले डिभिजन बन कार्यालय कपिलवस्तुमा पेश गरेको आ.ब.०७६÷७७ को लेखापरिक्षण प्रतिवेदनमा समेत ढुंगा विक्री देखाएको छैन ।

बैज्ञानिक बनका नाममा लुट धन्दा
कोइलीचौरका पदाधिकारीले बैज्ञानिक बन व्यवस्थापन खर्चमा समेत अप्रत्याशित खर्च देखाएका छन् । करिब २१८ हेक्टर बन क्षेत्र रहेको यसमा आ.ब.०७६÷७७ मा १४ हेक्टर झाडी सफाई गर्दा ४ लाख ९ हजार खर्च देखाइएको छ । बन विभागको बैज्ञानिक बन व्यवस्थापन कार्यविधि अनुसार १ हेक्टर झाडी सफाई गर्न २० जना श्रमिक लाग्छ जसको ज्याला ५१५ रुपैया पर्न जान्छ । जस अनुसार १४ हेक्टरमा कुल १ लाख ४४ हजार २ सय मात्र लाग्छ । प्राविधिक कुरा समुदायले थाहा नपाउने भएपछि पदाधिकारीले झाडी सफाई मात्र होइन २ देखि २ लाख रुपैयामा सजिलै तयार हुने बैज्ञानिक बन कार्ययोजनामा समेत ५ लाख ८७ हजार रुपैया खर्च देखाएका छन् । तारबार र मर्मतको समेत लागत इस्टिमेटर कार्य सम्पन्न विवरण छैन तर ४ लाख ६ हजार रुपैया खर्च देखाइएको छ । बन व्यवस्थापन खर्च भनेर १ लाख २५ हजार रुपैया देखाइएको छ तर कस्तो व्यवस्थापन, के शिर्षकमा खर्च भए त्यो देखाइएको छैन ।

भवन निर्माण र काठ विक्रीमा घोटाला ः
सामुदायिक बनको आफ्नै भवन थियो । तर खर्च देखाउन समितिले अर्को स्थानमा २० लाख २६ हजारमा नयाँ भवन निर्माण गर्यो तर समितिले निर्माण पूर्व भवनको लागत स्टिेमट तथा कार्यसम्पन्न विवरण अहिले सम्म स्वीकृत गराएको छैन । पहिलै एउटा भवन थियो, भवनको आवश्यक्ता नहुदा हुदै पनि पदाधिकारीले बढि खर्च देखाउन भवन बनाएको श्रोतको दाबी छ । समितिका कोषाध्यक्ष कुन्तामणि भुसालले फर्जि उपभोक्ता खडा गरि सस्तो दरमा काठ खरिद गरि बनगाई, बोर्डगाउँ तथा चार नम्बरका व्यापारीहरुलाई काठ विक्री गर्ने गरेको आरोप छ । बर्षेनी उपभोक्तालाई काठ वितरण हुदा समेत उपभोक्ता खपत अप्रत्याशित बढ्नुले यसलाई पुष्टि पार्ने स्थानीय उपभोक्ताहरुको दाबी छ ।

सामुदायिक बनको अनियमितता बारे कोषाध्यक्ष कुन्तामणि भुसालले निराधार आरोप मात्र भएको दाबी गरे । उनले केहि तत्वहरुले आफुलाई बदनाम गर्न यस्तो भ्रम फैलाएको बताउदै जुनसुकै बेला कार्यालमा आई सत्यतथ्य हेर्न सक्ने बताए । ”ढुंगा उपभोक्तालाई दिइएको हो, ढुवानी ट्याक्टरले लगेका हुन मैले रकम उठाएकै होइन, उपभोक्तालाई दिएको काठ कस्ले कहाँ लैजान्छ हामीलाई थाहा हुदैन तर हामीले त्यस्तो गरेका छैनौ ” उनले भने । केहि हिसाब तलमाथि भएपनि आफुहरुले गरेका सबै क्रियाकलाप नियमानुसार भएको उनको भनाई छ । डिभिजन बन कार्यालयका सूचना अधिकारी मदन मोहन शाण्डिल्यले सामुदायिक बनमा भएका अनियमितता बारे कुनै उजुरी वा गुनासो नआएको र त्यस बारे केहि समस्या भए छानबिन गरिने बताए । “हामीलाई अहिले सम्म कुनै जानकारी थिएन, बल्ल सुन्दैछौ हामी बुझ्छौ केहि देखिए छानबिन गर्छौ” उनले भने । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP