Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध

लण्डन, साउन २४। भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छिन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी हुन् । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन् ।

वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन् । आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस’ का लागि सन् २०१९ मा स्टकटल्याण्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागीसमेत भएकी थिइन् ।https://platform.twitter.com/embed/Tweet.html?dnt=true&embedId=twitter-widget-0&features=eyJ0ZndfZXhwZXJpbWVudHNfY29va2llX2V4cGlyYXRpb24iOnsiYnVja2V0IjoxMjA5NjAwLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X2hvcml6b25fdHdlZXRfZW1iZWRfOTU1NSI6eyJidWNrZXQiOiJodGUiLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X3NwYWNlX2NhcmQiOnsiYnVja2V0Ijoib2ZmIiwidmVyc2lvbiI6bnVsbH19&frame=false&hideCard=false&hideThread=false&id=1423694659512152068&lang=en&origin=https%3A%2F%2Fwww.reportersnepal.com%2F2021%2F08%2F574683&sessionId=dfae3397dc12b9b395e0d49b4369ad0f9e807374&siteScreenName=reportersnepal&theme=light&widgetsVersion=1890d59c%3A1627936082797&width=550px

आफ्नो क्लबमा अनुबन्धित भएपछि टोटेनह्यामले अस्मितालाई क्लबले पाउनु खुशीको कुरा रहेको र उनले क्लबको प्रतिनिधित्व गर्दै १३ नम्बरको जर्सी लगाउने बताएको छ । छोटो समयमा महिला फुटबल क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भिल्लामा रहँदा राम्रो प्रदर्शन गरेको भनी टोटेनह्यामले प्रशंसासमेत गरेको छ ।

टोटेनह्याममा अनुबन्ध भएपछि बोल्दै अस्मिताले क्लबको नाम निकै उच्च रहेको र क्लबका प्रशिक्षक रेहानीसँग थुप्रै कुरा सिक्ने र अघि बढ्दै टोलीलाई अग्रस्थानमा लैजाने बताइन् । क्लबका प्रमुख प्रशिक्षक रेहानीले केही वर्षको अन्तरालमै निकै राम्रो गर्न सफल अस्मिता एक शानदार युवा खेलाडी रहेको उनीसँग धेरै क्षमता रहेको कुरा उनका यसअघिका खेल योगदानले देखाइसकेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP