Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

अध्यक्षबाट हटाइए ठाकुर

काठमाडौं, साउन २६ । जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष पदबाट महन्थ ठाकुर हटाइएका छन्। जसपामा अब एकजना मात्र अध्यक्ष रहने व्यवस्था गरिएको छ। जसपाले निर्वाचन आयोगमा पठाएको अद्यावधिक सूचीलाई आयोगको किताबखानामा दर्ता गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। उनकाअनुसार अद्यावधिक गरिएको सूचीमा जसपामा एकल अध्यक्ष रहने व्यवस्था गरिएको छ।

आयोगमा अद्यावधिक गरिएको सूचीमा ठाकुर र उनीनिकट राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, निर्जला राउत, चन्दा चौधरी, केशव झालगायत १६ जनाको कार्यकारिणी सदस्य पद गुमेको छ। अब उनीहरू पार्टीको साधारण सदस्यमात्र रहनेछन्। श्रेष्ठका अनुसार जसपाको कार्यकारिणी समिति अब ३५ सदस्यीय भएको छ।

निर्वाचन आयोगमा ‘हेडकाउन्ट’ हुँदा उपेन्द्र यादवलाई साथ दिएका कार्यकारिणी समितिका ३४ सदस्यलाई अद्यावधिक गरिएको सूचीमा राखिएको छ। हेडकाउन्ट हु्ँदा तटस्थ देखिएका रेशम चौधरीलाई पनि अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिमा राखेका छन्। हेडकाउन्टमा महन्थ ठाकुरको पक्षमा उभिएका १६ जना कार्यकारिणी सदस्यलाई सूचीबाट हटाइएको छ।

ठाकुरले हाल जसपाका अध्यक्षका नामबाट तराईरमधेसमा कार्यक्रम गरिरहेका छन्। त्यस्ता कार्यक्रममा उपेन्द्र यादवको भण्डाफोर गर्ने गरिएको छ। आयोगले अद्यावधिक गरेको सूचीमा अध्यक्ष पदबाट हटाइएपछि भने ठाकुरले अब त्यस्तो गर्न नपाउने आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP