Trending
राजनीति रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्छ : मन्त्री खड्का अपराध तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता राजनीति वर्ष दिनमा ननुहाउने हिमालवासीहरू अहिले दिनको एकपटक नुहाउँछौँ : सांसद शेर्पा राजनीति हामीले सुशासन कायम गर्न नसक्दा जनताले चुनौती दिन थाले : एमाले सांसद पदम गिरि राजनीति सरकारमाथि ज्ञानेन्द्र शाहीको कटाक्ष : अब भ्रष्टाचारीको देश भनेर गिनिज बुकमा नाम खेलाउनुस् समाज कालीगण्डकी नदीमा बेलिब्रिज जडान शिक्षा सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत अन्तर्राष्ट्रिय भारतमा एयरलाइन्सहरूलाई आदेश : बोइङ जेटहरूमा इन्धन स्विच राम्राेसँग जाँच्नू राजनीति इप्पानलाई मन्त्री खड्काले भने : ऊर्जासम्बन्धी विधेयक ल्याउँदैमा आत्तिनु पर्दैन राजनीति नेपाल लाइफद्वारा ‘किओच’लाई एक करोड सहयोग

आयआर्जनका लागि वनमा फलफूलका बिरुवा रोपण

बनेपा, २६ साउन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित न्यौपाने गाउँका होमनाथ न्यौपानेले सोमबार थुम्कीडाँडा सामुदायिक वनमा एभोकाँडोको बिरुवा रोपे । गाउँमा नै फलफूल नर्सरी राखेर वार्षिक ३०-३५ हजार आम्दानी गर्दै आएका उनले सामुदायिक वनमा पनि फलफूल रोप्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले मात्रै होइन, सो सामुदायिक वनका अन्य उपभोक्ताले पनि कागती, तेजपात र एभोकाँडोका बिरुवा रोपेका छन् । आम्दानीको स्रोत फलफूल भएकोले बिरुवा रोपण उपलब्धिमूलक हुने उनको आशा रहेको छ ।

‘सामुदायिक वन राष्ट्रिय दिवस २०७८’ को अवसरमा डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासङ्घ काभ्रेपलाञ्चोकको समन्वयमा थुम्कीडाँडा सामुदायिक वनमा कागती, तेजपात र एभोकाँडोको बिरुवा रोपिएपछि उनि पनि सो बिरुवा रोपणमा सहभागी भएको हो । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य शान्ता न्यौपानेले जल, जमिन र जङ्गलबिना मानव समुदाय बाँच्न नसक्ने भएकाले तीनै वटा चिजको संरक्षण एवं व्यवस्थापनमा सबै समुदायको उत्तिकै जिम्मेवारी भएको बताए । सामुदायिक वनमा लगाएको फलफूलको बिरुवा जोगाउने जिम्मेवारी सबैको भएकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख देवीचन्द्र पोखरेलले सामुदायिक वन व्यवस्थित ढङ्गले सञ्चालन हुँदै आएको ४० वर्ष वितिसकेकोले समय र परिस्थितिअनुसार समावेशी, समानुपातिक र पछाडि पारिएका समुदायलाई पनि समावेश गर्नुपर्ने साथै सुशासनलगायतका विषयलाई समेटेर काम गर्दै आएको बताए । वन संरक्षण गर्ने मात्रै नभइ त्यसबाट आम्दानी लिनका लागि फलफूलको बिरुवा रोप्न आवश्यक रहेको बताउँदै सबै सामुदायिक वन उपभोक्ता समिति सक्रिय भएर लाग्न उनले आग्रह गरे ।

सो क्रममा पनौती नगरपालिका–११ का वडाध्यक्ष तारामान लामाले बिरुवा रोपण गरेर राम्रो आम्दानी गर्न सकेको खण्डमा थुम्कीडाँडा सामुदायिक वन सबैको लागि पर्यटनको केन्द्र बन्नसक्ने सम्भावना रहेकोले त्यसको आवश्यक पूर्वाधार तयार पार्दै अगाडि बढ्न आवश्यक रहेको बताए । नगरपालिकाले पनि थुम्कीडाँडामा वनभोज गर्ने स्थल निर्माणको लागि आवश्यक पूर्वाधार निर्माण गर्ने विषयमा छलफल भइरहेको लामाको भनाइ छ ।

‘सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति’ भन्ने नाराका साथ पहिलो पटक कागतीको बोट २००, तेजपात १०० र एभोकाँडो २० वटा बोट रोपिएको डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत गौरव भट्टले बताए । आवश्यकताको आधारमा थप फलफूलको बिरुवा उपलब्ध गराउने उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP