Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

प्रधानमन्त्री देउवासँग गैरआवासीय नेपालीको माग

काठमाडौँ, २६ साउन: प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।

भेटमा अध्यक्ष पन्तले सङ्घले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसद्मा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग कोभिड– १९ का कारण उत्पन्न विषम परिस्थितिमा विदेशमा रहेका नेपाली श्रमिकको उद्धार, नेपाल ल्याइएका श्रमिकको पुनःस्थापनालगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।

सो अवसरमा सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका ब्रिटिस गोर्खाको सत्याग्रहका विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भएबमोजिम गैरआवासीय नेपाली नागरिकतालगायतका विषयमा छिट्टै टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गरेको सङ्घले जनाएको छ । भेटमा सङ्घका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटा, कार्यकारी प्रमुख राजेश राणालगायत थिए ।-

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP