Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

प्रदेश नं १ को प्रदेशसभाको बैठकबाट प्रस्ताव सर्वसम्मतिले पारित

२७ साउन । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ विचार गरियोस् भत्रे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बोले सो प्रस्ताव सदनमा पेस गरेका थिए ।

विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरु जयराम यादव, झलकबहादुर मगर र शिवनारायण गनगाईंले विधेयक अत्यन्त महत्वपूर्ण रहेको र यसले आर्थिक गतिविधि, पारदर्शिता र जवाफदेहिता बढाउने विश्वास व्यक्त गरे ।

विधेयकले राजस्व र व्ययको उचित व्यवस्था गर्ने, वित्तीय प्रतिफल हासिल गर्न मद्दत गर्ने र बजेटको आर्थिक गतिविधिलाई चुस्त एवं दुरुस्त बनाउ सहयोग गर्ने उनीहरुको भनाइ थियो ।

सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले विधेयकमा प्राप्त सुझावलाई आत्मसात् गर्ने बताए।

उनले यो विधेयकले वित्तीय उत्तरादायित्व र जवाफदेहिता बढाउने र आर्थिक गतिविधिलाई पारदर्शी बनाउने बताए। योजना बनाउने र त्यसको आद्यावधिक नगर्ने परिपाटीलाई विधेयकले निस्तेज पार्ने भन्दै मन्त्री आङ्बोले यसलाई कार्यान्वयन गर्न निर्देशिका र कार्यविधि बनाउने स्पष्ट पारे ।

सभाको शून्य समय र विशेष समयमा उठेका प्रश्नहरुको जवाफमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले चुरे संरक्षण गर्न प्रदेश सरकार सचेत छ भने । उनले प्रकृति, वातावरण र पर्यावरण संरक्षण गर्न सरकार प्रतिबद्ध छ भन्दै ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न सरकारले मापदण्डअनुसार नै गर्नेमा जोड दिए ।

विशेष समय

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले हदबन्दीमा परेका गिरी बन्धु टिस्टेटको जग्गा बिक्री गर्न सरकारले फुकुवा गरेकामा आपत्ति जनाए । सरकारले एकीकृत बस्ती विकासमा ध्यान दिनुपर्ने भन्दै सुकुम्बासीलाई पुर्जा वितरण गरे पनि जग्गा नपाएकोप्रति आक्रोश व्यक्त गरे । उनले कोभिड उपचारका लागि सरकारले बनाएको कोभिड अस्पताल किन बन्द छ भनी प्रश्न गरे ।

शून्य समय

प्रदेशसभा सदस्य खिनुलाम्बा लिम्बूले प्रदेशको जनसङ्ख्याका आधारमा सरकारले खोपको व्यवस्था गर्नुपर्ने माग गरे । अर्का सदस्य सुनिताकुमार चौधरीले मोबाइल फोनमा विभिन्न प्रकारका गेमहरुका सट्टा रोजगारी सिर्जना गर्ने र सीप सिक्न सक्ने कार्यक्रम राख्न सुझाव दिए । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP