Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

भाइरल ज्वरोका बिरामी बढ्न थाले

काठमाण्डाै – केही दिनयता भाइरल ज्वरोका बिरामी बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । उपचारका लागि अस्पताल जानेमध्ये जाने २० देखि ३० प्रतिशतमा भाइरल ज्वरोको लक्ष्यण देखिएकोले सावधानी अपनाउन सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले  सुझाव दिनुभएको हो ।

उहाँका अनुसार हरेक वर्ष साउन, भदौ महिनामा भाइरल ज्वरोका बिरामी बढ्ने गरेका भए पनि गएको दुई वर्ष फाट्टफुट्ट रुपमा बाहेक भाइरल ज्वरोका बिरामी देखिएका थिएनन् । तर यो वर्ष देशका विभिन्न अस्पतालहरुका साथै काठमाण्डौका अस्पतालहरुमासमेत भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

निषेधाज्ञा खुकुलो भएको र मानिसहरुले  जनस्वास्थ्यको मापदण्डको पूर्ण रुपमा पालना नगरेकाले भाइरल ज्वरोका बिरामी बढेका हुन सक्ने उहाँको भनाइ छ । भाइरल ज्वरो र कोरोनाको लक्ष्यण मिल्दो जुल्दो हुने भएकाले आफूलाई समस्या हुने बित्तिक्कै सकेसम्म छुट्टै बस्न र  परीक्षण गरेर आवश्यक भएमा उपचार गर्न डा. पुनको सल्लाह छ ।

एउटै लक्ष्यण हुने भएकाले कतिपयले कोरोना भइसक्दा पनि भाइरल ज्वरो मात्रै होला भनेर परीक्षण नगर्दा त्यसले जटिलता ल्याउन सक्ने उहाँको भनाइ छ । श्वास फेर्न गाह्रो भएमा, अक्सिजन कम भएमा, उच्च ज्वरो आएमा र लगातार वान्ता भइरहेको छ भने तुरुन्तै अस्पताल जानुपर्छ ।

सामान्य मात्र ज्वरो आएमा, सामान्य घाँटी दुखेमा भने घरमै आराम गर्न सकिन्छ । कोरोनाबाट र अरु खालका सङ्क्रामक रोगबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गर्न उहाँले आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP