Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी ३०४ व्यक्तिको मृत्यु, एक हजार ८०० घाइते

३१ साउन: शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले जनाएको छ ।

शक्तिशाली घातक कम्पन आएको एक दिनपछि युरोपेली–भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टर (इएमएससी) ले आइतबार सो कुरा बताएको हो । ग्रीनवीच समय अनुसार बिहान तीन बजे गएको पछिल्लो भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिमी ४१ किलोमिटर (२५ माइल) ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

शनिबारको भूकम्पमा परी ३०४ जनाको मृत्यु भएको, करिब एक हजार ८०० व्यक्ति घाइते भएका हाइटीका अधिकारीले पुष्टि गरेका छन् । भूकम्पका कारण एक हजारभन्दा बढी घरहरू भत्किएका छन् भने कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवनहरू भत्किएका छन् ।

हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

यसपहिले सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP