Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

जसपाका १८ केन्द्रीय सदस्यसहित २० जनाले गरे उपेन्द्र यादव समुह परित्यागको घोषणा

 १ भदौ । जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै बिष्णु जंग बस्नेतसहित १८ जना केन्द्रिय सदस्य र २ जिल्ला सदस्यहरुले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् ।

उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडको रुपमा चलाएको आरोप समेत उनीहरुले लगाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रिय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णु जंग बस्नेतले आजदेखि वाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको घोषणा गरे । उनले भने, ‘देश २०७२ सालको भुकम्प र कोरोना महामारीमा जनताहरु प्रताडित हुँदाखेरी यो पार्टीले जनतालाई केही दिन सकेन ।’ उनले १८ महिना उपेन्द्र यादव उप–प्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप लगाए ।

बस्नेतले संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएपछि पनि अध्यक्ष यादवको रबैया बदलिएको र पार्टीको घोषित रुपमा लिएको पार्टी नीतिलाई उल्लघंन गर्न थालेको आरोप लगाए । बस्नेतले भने, ‘फोरमले लिएको ७ क्लस्टरलाई ३ क्लस्टरमा वकालत गर्न थालियो ।’ २०६५ साल देखि आफुले घरबेटीहरुको अन्याय विरुद्ध बोल्दै आएपनि राज्यले आफ्नो कुरा नसुनेको बताए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य पदम अधिकारीले २०७२ को संविधानलाई प्रतिगामी भन्दै ६ महिना लामो आन्दोलन गरेर पुनर्लेखन गर्ने प्रतिवद्धता गरेको भए पनि बाबुराम भट्टराईसँग पार्टी एकता भएपछि उत्कृष्ट संविधान भन्न थालेको उनले आरोप लगाए ।

केन्द्रिय सदस्य हिरालाल भुजेलले बाबुराम र उपन्द्रको एकलौटे रबैयाले केही नेताहरुले १६ जनाको संसदीय दल भएकोमा १३ जनाले पार्टी विभाजन गर्न लागेको अवस्थामा २०७७ साल बैशाख १० गते राति १२ बजे तत्कालिन राजपा नेपालसँग पार्टी एकता गरि जसपा नेपाल गठन गति विभाजन रोक्न सफल भएको बताए । पार्टी बिभाजन, क्रान्ति, देश, जनताप्रति गद्धारी गर्नु भन्दा आजकै मितिमा जसपा उपेन्द्र यादव समुहबाट स्वतन्त्र भएको घोषणा गर्न चाहेको बताए ।

ललितपुर जिल्ला अध्यक्ष सनज महतले उपेन्द्र र बाबुरामको पार्टी कब्जा गर्ने रबैयाले अन्ततः पार्टी विभाजनको माग राखेर निर्वाचन आयोगमा निवेदन दिन पुगको बताए । आफैले प्रतिगामी भनिएकाहरुसँगको अप्राकृतिक सम्बन्धले पार्टीको घोषित नितिलाई तिलाञ्जली दिएर सत्तास्वार्थका लागि प्रतिगामी देउवा–प्रचण्डको भातृसंगठनको रुपमा लैजान पार्टी विभाजन सम्म गर्नेहरुको समुहमा नबस्ने उनको भनाई थियो ।

केन्द्रिय सदस्य उत्तम अधिकारीले बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि बैचारिक दृष्टिकोण सहित बैकल्पिक संगठनात्मक संरचना र प्रणाली एवं कार्यदिशा र कार्यशैली भएको पार्टी निर्माणका लागि आह्वान गर्दै राजनीतिक संवाद थालनी गर्ने बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP