Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

अध्यादेश गलत अभ्यासको निरन्तरता

भदौ २ । संसद्मा रहेका दुई ठूला दल नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरूलाई सहज हुनेगरी सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। एमालेमा देखिएको विवाद र जसपाको महन्थ ठाकुर पक्षलाई परेको अप्ठेरो फुकाउने गरी सरकारले अध्यादेश ल्याउन लागेको हो। मंगलबार मन्त्रिपरिषद्बाट पारित अध्यादेश राष्ट्रपति निवास पुगेको भए पनि जारी भइसकेको छैन। अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएकाले नरोकिने राष्ट्रपतिको कार्यालयले जनाएको छ

मंगलबार प्रदेश २ का प्रमुख हरिशंकर मिश्रको शपथग्रहण समारोहमा उपस्थित हुने बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच अध्यादेशबारे कुराकानी भएको थियो। राष्ट्रपतिको कार्यालयमा अध्यादेश साँझ पुगेकाले मंगलबार जारी हुन नसकेको जनाइएको छ।

सरकारले अध्यादेश सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि पूर्ववर्ती केपी शर्मा ओली सरकारका गलत कामलाई निरन्तरता दिने बाटोमा लागेको टिप्पणी भएको छ। संसद् अधिवेशन अन्त्य भएको २४ घन्टा नहुँदै ल्याइएको यो अध्यादेश सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई महिनाअघि दिएको आदेशविपरीत छ। प्रतिनिधिसभा विघटनको भोलिपल्ट गत जेठ ९ गते ओली सरकारले नागरिकता अध्यादेश ल्याउँदा सर्वोच्चले कार्यान्वयनमा रोक लगाएको थियो। संविधानको सीमा मिच्नेगरी अध्यादेश ल्याउनु उचित नहुने सर्वोच्चको आदेश थियो।

ओलीले जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेका थिए। उनले त्यसको भोलिपल्ट नागरिकता अध्यादेश जारी गराएका थिए। त्यसविरुद्ध परेको मुद्दामा संवैधानिक इजलासले भनेको थियो, ‘अघिल्लो दिन प्रतिनिधिसभा विघटन भएको र लगत्तै भोलिपल्ट अध्यादेश जारी गरिएको देखिँदा यस प्रकारको अभ्यासलाई सहज, सामान्य वा नियमित अभ्यासको रूपमा लिइयो भने संविधानद्वारा प्रदत्त विधायिकाको अधिकार वा कार्यक्षेत्रमा हस्तक्षेप हुनपुग्ने र शक्तिपृथकीकरणको सिद्धान्त अनुकूल व्यवस्थित संविधानका प्रावधानहरूको प्रयोग वा कार्यान्वयनमा अनुचित असर पर्न जाने हुन्छ।’ तर सरकारले यसलाई बेवास्ता गरिदियो। नागरिक दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP