Trending
राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ

बेलाबेला किन भासिन्छ पोखरा

पोखरा, भदौ ८ । भीषण वर्षापछिको भेलबाढीले खोतल्दा आइतबार राति पोखराको महेन्द्रपुलस्थित सडकमा बडेमानको भ्वाङ पर्‍यो। भेलका कारण सडकमात्र नभई फुटपाथसमेत भासिएको छ। सडक र फुटपाथ भासिएपछि आसपासमा घर भएका चिन्तित बनेका छन्। महेन्द्रपुल पोखराको कहलिएको व्यापारिक क्षेत्र हो। त्यहाँ वित्तीय संस्थादेखि विभिन्न निजी कार्यालय र प्रतिष्ठानहरू छन्।

पोखरामा यसरी जमिन भासिने घटना यो नै पहिलो भने होइन। पोखरामा वर्षैपिच्छे कतै न कतै जमिन भासिएकै हुन्छ। कहिले नदीपुरमा त कहिले न्युरोडमा र कहिले महेन्द्रपुल क्षेत्रमा। ठूलो पानी पर्दा सडकमा बग्ने भेल खोलाझैं लाग्छ। भेलकै कारण बर्सेनिजसो सडक भासिएपछि आवागमनमा अवरोध हुने मात्र नभई स्थानीयमा त्राससमेत उत्पन्न गराइदिन्छ। सडक किनारमा भ्वाङ परेपछि नजिकैका घरसमेत जोखिममा पर्न सक्ने विज्ञहरूको भनाइ छ।

पोखरामा आइतबार साँझ ७ बजेदेखि सोमबार बिहान ९ बजेसम्म करिब १४ घन्टा अवधिमा २ सय ६० मिलिमिटर वर्षा भएको थियो। जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसम सहायक सरोज अधिकारीका अनुसार बेलुकी ७ बजेदेखि भीषण वर्षा सुरु भएको थियो। रातभर वर्षा हुँदा पोखरा सहरभरि नै भेलबाढी आएको उनको भनाइ छ। उनका अनुसार यसपालि मनसुनको छोटो अन्तरालमा भएको वर्षा यही नै सबैभन्दा बढी हो। यसअघि असार २३ गते नौ घन्टामा २५८ मिलिमिटर वर्षा भएको थियो। मंगलबारसम्म भीषण वर्षाको सम्भावना रहेकाले थप जोखिम निम्तिन सक्ने उनले बताए।

पोखराको महेन्द्रपुल क्षेत्रमा अघिल्ला वर्षमा समेत बेलाबेला जमिन भ्वाङ पर्ने गथ्र्यो। यसपटक क्षति बढी भएको पोखरा महानगरपालिकाका प्राविधिकहरू बताउँछन्। पोखरा महानगरपालिकाका सबइन्जिनियर नेत्र तिमिल्सेनाका अनुसार वर्षा बढी हुँदा आइतबार राति ९ बजेतिर त्यहाँ भ्वाङ पर्न थालेको थियो। रातभरको भीषण वर्षापछिको भेलले खोतल्दै जाँदा भ्वाङले झनै ठूलो आकार लिएको तिमिल्सेनाले बताए। ‘बेलुकी भ्वाङ परेको जानकारी पाएपछि मध्यरातसम्म हामी त्यहीं रहेर केही प्रयास गरेका हौं। भेल पनि तर्काएका थियौं। बिहानपख त झनै बढी क्षति भएछ,’ उनले भने।

उनका अनुसार खानेपानी विस्तारका क्रममा पाइप बिच्छ्याउँदा त्यो क्षेत्रमा खनिएको थियो। खाडलको १० मिटर दूरी ढलान हुन बाँकी थियो। दोहोरो पार्किङ रहेकाले ढलान हुन सकिरहेको थिएन। तल र माथि ढलान भए पनि १० मिटर जति बाँकी रहेकोमा त्यही ठाउँमा भेलले खोतल्दा भ्वाङ परेको तिमिल्सेनाले बताए। पोखरामा अहिले खानेपानी पाइप बिछ्याउने काम भइरहेको छ। पोखराभित्र सय किलोमिटर दूरीको खानेपानी पाइप बिच्छ्याउने योजनअनुरूप महेन्द्रपुल क्षेत्रमा पनि काम भइरहेको हो। नागरिक दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP