Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

पाँचथरमा ११ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न

९ भदौ । पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २०७७/७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको हो । तीमध्ये दुईवटा पुलले पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेका छन् । बाँकी नौमध्ये पाँचथरमा छ तथा ताप्लेजुङमा तीन पुलको निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।

दुई जिल्ला जोड्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ सिलसिले र पाँचथरको याङवरक गाउँपालिका–२ ओखल्लीवारी जोड्ने ८३ मिटरको इवाखोला र त्यही वडा जोड्ने ११९ मिटरको अर्को इवाखोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । कार्यालयका अनुसार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा १२० मिटरको तमोर नदीमा झोलुङ्गे पुल फूलबारी आमबोटे, मैवाखोला गाउँपालिका–६ थुकिम्बा र मेरिङदेन गाउँपालिका–१ पाङ्लाबुङ जोड्ने ११५ मिटरको मैवाखोला झोलुङ्गे पुल र फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ र ६ लाई जोड्ने १२० मिटरको पुल निर्माण सम्पन्न भएको छ ।

यसैगरी पाँचथरतर्फ फिदिम नगरपालिका–११ र १३ लाई जोड्ने ७३ मिटरको पञ्चमी झोलुङ्गे पुल, फिदिमकै वडा नं ८ र १३ लाई जोड्ने ९६ मिटरको बोझेगरा–टिम्मुरे झोलुङ्गे पुल, फिदिमकै वडा नं १४ मा १२० मिटरको बाँस्बोटे शीतलपाटी झोलुङ्गे पुल, फालेलुङ गाउँपालिका–३ मा ८१ मिटरको खेवा थानखोला पोक्नवा झोलुङ्गे पुल र मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा ९३ मिटरको सेङ्गेवा खोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

यी ११ वटै पुल निर्माणका लागि रु तीन करोड ८९ लाख १७ हजार बजेट विनियोजन भएकामा रु तीन करोड ७३ लाख ४५ हजार रकम खर्च भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । कार्यालयका अनुसार झोलुङ्गे पुल निर्माणमा शतप्रतिशत भौतिक प्रगति भएको छ भने ९५.६ प्रतिशत वित्तीय प्रगति भएको छ ।

मानिसको नियमित आवतजावत हुने क्षेत्रका खोला तथा खोल्सीमा झोलुङ्गे पुल नहुँदा विशेषतः बर्खायाममा सर्वसाधारणले समस्या झेल्ने गरेका थिए । पाँचथरमा एक समय सिरिजङ्घा ग्रामीण विकास केन्द्रले तत्कालीन जिल्ला विकास समितिको कार्यालयसहितका निकायको सहयोगमा झोलुङ्गे पुल निर्माणको अगुवाइ गरी सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP