Trending
समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या समाज मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने अन्तर्राष्ट्रिय अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई

आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने

भदौ ११। नेकपा (एकीकृत समाजवादी) दर्ता गर्दा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै त्यसविरुद्ध नेकपा एमालेले कानुनी उपचार खोज्ने भएको छ। एमालेबाट विभाजन भई बनेको नयाँ दल दर्ताका क्रममा आयोगले विवादास्पद निर्णय गरेको ठहरसहित त्यसविरुद्ध अदालत जाने निर्णय केन्द्रीय कमिटीले गरेको जानकारी सचिव प्रदीप ज्ञवालीले दिए।

‘निर्वाचन आयोगबाट विवादास्पद निर्णय भएका छन्। पार्टीले कारबाही गरेर त्यसको सूचना दिएको अवस्थामार अनुपस्थित भएकाहरूबाट पनि सनाखत गराउने काम भएको छ। यसको कानुनी प्रतिवाद गर्ने निर्णय भएको छ,’ बिहीबार बसेको केन्द्रीय समितिको बैठकपछि ज्ञवालीले भने।

ज्ञवालीका अनुसार पार्टीले सांसदलाई कारबाही गरेको निर्णय पठाउँदा पनि सभामुखले त्यसको सूचना प्रकाशन नगरेकोमा एमालेले आपत्ति जनाएको छ। सभामुखको कदमविरुद्ध संसदीय अभ्यासअनुसार अघि बढ्ने ज्ञवालीले बताए। २१ दिनभित्र स्थानीय तहका पदाधिकारीले दलरोज्न सक्ने विषयमा पनि कानुनी उपचार खोज्ने निर्णय बैठकले गरेको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP